site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नीति कार्यक्रम कहाँ ‘फोकस’ हुन्छ भन्ने अनुमान गर्न गाह्रो : सांसद पन्त
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हेर्दा नीति कार्यक्रम कहाँ ‘फोकस’ हुन्छ भन्ने अनुमान गर्न गाह्रो रहेको बताएका छन् । उनले राजस्व तलमाथि हुनुमा को जिम्मेवार छ ? भन्दै प्रश्न गरे ।

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले आर्थिक वृद्धिदर कम र राजस्व कम उठाउँदा विकराल अवस्था सिर्जना भएको उल्लेख गरे ।

“आयात र व्यापार घाटा घटाउने मूर्त नीति पनि आएको छैन । वैदेशिक ऋण र अनुदान पनि आउन नसक्नु विडम्बना मात्र हैन, भयावह अवस्था हो,” उनले भने, “विनियोजन कार्यक्रम हेर्दा नीति कार्यक्रम कहाँ फोकस हुन्छ भन्ने यसको आधारमा अनुमान गर्न गाह्रो छ ।”

उनले व्यापार घाटा घटाउने भए प्राथमिकताको आधार तोक्नुपर्नेमा जोड दिए ।

“व्यापार घाटा घटाउने हो भने प्राथामिकता तोक्नुपर्‍यो । २५ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । यसलाई कसरी बढाउने, यसको बारेमा प्रस्ट रूपमा भन्न सकेन,” उनले भने, “किसानलाई नगद अनुदान दिनुपर्छ । सिधै अनुदान दिनुपर्छ । किसानलाई प्रोत्साहन भएन । नीति बनाउनुपर्छ ।”

उनले जलवायु परिवर्तनको विषयमा नीति के हो ? भन्दै प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro