site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अर्थमन्त्री डा. महत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुका धेरै कारण रहेको बताएका छन् । लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने उनको धारणा छ ।

“हामीले वित्त नीतिबाट पुँजी परिचालन गर्न सकेनौँ । अर्को, कोरोना महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह भयो,” आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, “त्यसैले अर्थतन्त्रमा शिथिलता देखिएको छ । आज देखिएको समस्या समाधान वित्त नीतिभन्दा पनि मौद्रिक नीतिले गर्न सक्छ ।”

लचिलो मौद्रिक नीति लिँदै त्यसमार्फत आर्थिक गतिविधि बढाउनुपर्नेमा उनको जोड छ । “पुँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी छ । आर्थिक नीतिमार्फत हामीले पुँजी प्रवाहलाई व्यापक बनाउनुपर्नेछ । आउँदो वर्ष हामीले अर्थतन्त्रलाई गतिशीलताको बाटोमा लगे पनि राजस्वमा व्यापक वृद्धि हुने अवस्था छैन,” उनले भने, “राजस्व अवश्य बढाउँछौँ । तर, हामीले सोचजस्तो एक वर्षभित्रमै व्यापक वृद्धि सम्भव हुन्छ भन्ने मलाई लाग्दैन । अर्थतन्त्रकै गतिशीलताका आधारमा राजस्व वृद्धि हुने हो ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय