site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नयाँ पुस्तालाई सारंगी सिकाउन पूर्वका गन्धर्वको देश दौडाहा
इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईलाई गीत सुनाउँदै झापाका गन्धर्वहरूको समूह ।
Sarbottam CementSarbottam Cement

सूर्योदय, (इलाम) । इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईलाई दुई घण्टा कुरेपछि झापाका गन्धर्वहरूको एक समूहले भेटघाट गर्ने अवसर पाए । मेयर कार्यकक्षमा पस्नुअघि नौ जनाको समूहमा आफ्ना बाध्यबाधनसहित गन्धर्वहरू उपस्थित थिए । 

“भन्नुहोस् तपाईंहरूको कुरा के हो ?,” राईले सोधे । 

“पहिले हामी गीत सुनाउँछौं अनि यहाँ आउनुको कारण र हाम्रो उद्देश्यबारे सविस्तार भन्छौं,” सुजन गन्धर्वले भने । 
“ल हुन्छ, सुनाउनुहोस्” 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि मेयरको कार्यकक्षमा गुन्जियो सदाबहार नेपाली राष्ट्रिय गीत ‘मेरो टोपी कैलाशको शीरजस्तो...।’ त्यसपछि ‘चरीले त छाडेर गई गयो...’, लोकदोहोरी र पूर्वेली लोकभाका पनि गुन्जिए । गन्धर्वहरूले चुट्के र अरु सदावहार गीत पनि गाए ।
 
राईसँगै रहेका उनका सहयोगी र कर्मचारीहरूले समेत थप “गीत गाउन” आग्रह गरे । गन्धर्वको समूहले ‘फर्माइस’ भएका गीतमा सारङ्गी र मादलको धुन मिलाउँदै मिठासपूर्ण ढंगले सुनायो । ४५ मिनेट यो क्रम चल्यो । मेयरको कक्ष संगीतमय बन्यो ।

गाउने क्रम सकिएपछि रविन गन्धर्व उठेर आफ्ना कुरा राख्न थाले । “मेयर साव हामी झापाको कचनकवलबाट आएका हौँ, त्यहाँ सानो संख्यामा बस्छौं । हामी पूर्वेली गन्धर्व हौं । अहिले अभियान लिएर मेची–महाकाली अभियानमा हिँडेका हौं, यहीक्रममा यहाँ आएका हौं,” रविन गन्धर्वले भने, “कोसी प्रदेशमा हामी सानो संख्यामा मात्र बाँकी छौं । कचनकवलमा गन्धर्व संग्रहालय बनाइरहेका छौं । तपाईंले पनि सहयोग गरिदिनुपर्यो । हामी अन्य पालिकाहरूमा पनि सहयोगको आग्रह गर्दै पुगिरहेका छौं ।” 

Global Ime bank

रविनले आफूहरू पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजको नाममा संगठित भएर नयाँ पुस्तालाई सारंगी बजाउन र गीत गाउने कला सिकाउने प्रशिक्षणसमेत दिइरहेको बताए । मेयर राईले कोसी प्रदेशका गन्धर्वको संस्कृति जगेर्नाका लागि सूर्योदय नगरपालिकाले सकेको सहयोग गर्ने आश्वसान दिए । आउँदो बजेटमार्फत पनि केही सहयोग जुटाइदिने बताए । “तपाईंहरूले राम्रो काम सुरुआत गर्नु भएको रहेछ, हाम्रो पनि सहयोग हुनेछ,” उनले आश्वासन दिए । 

झापाको कचनकवल गाविस भारत सीमावर्ती गाउँपालिका हो । त्यहाँ वडा नम्बर २ मा अल्पसंख्यक गन्धर्वहरूको बसोबास छ ।  कचनकवलमै संग्रहालय निर्माणको क्रममा छ । यसमा प्रदेश सरकारले पनि सहयोग गरेको छ । गन्धर्वको समूहले झापाबाट सबै पालिका पुग्ने अभियान संचालन गरेको पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका अध्यक्षसमेत रहेका रविनले बताए । उनले भने, “हाम्रो जातिलाई पनि अल्पसंख्यक सूचीमा राख्नुपर्छ भन्ने माग छ । सडकमा बसेर सारंगी बजाएर मागी खानुभन्दा राज्यबाट नै सहयोग होस् भन्ने चाहना छ ।”

Jhapa Gandharwa (4)1683158728.jpg

समाजको तथ्यांकअनुसार झापामा ४८, इलाममा २, सुनसरीमा १, धनकुटामा १ र भोजपुरमा १२ परिवार गन्धर्व बस्दै आएका छन् । कचनकवलमा १४८ जना गन्धर्व बस्छन् । गन्धर्वको समूहले गत माघबाट सबै पालिकामा पुगेर आफ्नो समुदायको लागि सहयोग गर्न आग्रह गरिरहेका छन् । यसअघि धरानका मेयर हर्क साम्पाङलाई भेटेका गन्धर्वहरूलाई उनले सहयोग गर्ने बताएकाम थिए । 

समूहकै सदस्य सुजन गन्धर्वले भने, “अहिलेको पुस्ताले गन्धर्वले बजाउने सारंगीसँगको साइनो र गीत बिर्सिएला भनेर देश दौडाहा अभियानमा निस्किएका हौं ।” कोसी प्रदेशका सबै पालिका पुग्ने र त्यसपछि देशका बाँकी प्रदेशसमेत पुग्ने योजनासाथ आफूहरू दौडाहामा निस्किएको सुजनले सुनाए । मेची पहाडका पालिकाहरूको यात्रापछि गन्धर्वको यो समूह भोजपुरको जरायोटार अनि अरुण गाउँपालिका पुग्ने योजनामा छ । करिब डेढ वर्षभित्र देशयात्रा पूरा गर्ने उनीहरूको लक्ष्य छ । 

समूहका सदस्य श्याम गन्धर्व भन्छन्, “हामी पूर्वको भएकाले पूर्वेली लोकभाकाकै गीत गाउँछौं । पश्चिममा भने देउडा र लोकदोहोरी बढी गाइन्छ ।” आफूहरूले भने पूर्वेली भाकालाई नै बढी जोड दिने गरेको उनले सुनाए । 

लालबहादुर गन्धर्व र मणि गन्धर्व गाउँमा नयाँ पुस्तालाई सारंगी बजाउने अनि गीत गाउन प्रशिक्षण पनि दिन्छन् । मणिले भने,“हामीले नसिकाए हाम्रो पुस्ताले सारंगी बजाउन पनि बिर्सिने भयो ।”

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसँगको भेटमा उनले ‘अभियान राम्रो रहेछ’ भनेर ढाडस दिएको मणिले सुनाए । घर नभएकालाई घर बनाइदिने र गन्धर्व संग्रहालय निर्माणमा समेत सहयोग गर्ने प्रदेश सरकारबाट आश्वासन पाएको उनले सुनाए । संग्रहालय बनेपछि नजिकै होमस्टे पनि संचालन गर्ने योजना रहेको मणिले बताए । 

 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC