site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सांग्रिला मोटर्सले भित्र्यायो सिट्रोन सी३, ३४ देखि ३६ लाखमै उत्कृष्ट भेरियन्ट पाइने

काठमाडौं । फ्रान्सेली अटोमोबाइल ब्रान्ड सिट्रोनको सी३ मोडल सांग्रिला मोटर्सले नेपालमा सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिट्रोन सी३ सार्वजनिक गरिएको हो ।

सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छा र सिट्रोनका लागि आसियान ग्रुप डिस्ट्रिब्युटरको ग्राहक अनुभव निर्देशक नादिया कामरुदिनले सिट्रोन सी३को अनावरण गरेका हुन् ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक गोल्छाले एक शताब्दीभन्दा लामो इतिहास बोकेको सिट्रोनको कार डिजाइन, कम्फर्टेबल र सस्पेसनका लागि उत्कृष्ट भएको बताए । उनले सिट्रोनको सी३ प्रतिस्पर्धी मूल्यमा बजारमा उपलब्ध गराएको बताएका छन् ।

सिट्रोन सी३ को सुरुवाती बेसिक भेरियन्टको मूल्य ३४ लाख ४९ हजार रुपैयाँ रहेको उनले बताए । यस्तै यसको अपर भेरियन्टको मूल्य ३६ लाख ४९ हजार रहेको उनले बताएका छन् ।

सिट्रोनको भारतमा उत्पादित नेपालका लागि उत्कृष्ठ मोडल नेपाल भित्र्याएको उनको भनाइ छ । सिट्रोनका लागि आसियान ग्रुप डिस्ट्रिब्युटरको ग्राहक अनुभव निर्देशक नादियाले नेपालका लागि सिट्रोन सी३ उत्कृष्ठ भएको बताएकी छन् ।

११ सय ९८ सीसी पेट्रोल इन्जिनको गाडीले ५ हजार ७५० आरपीएममा ८२ पीएस पावर र ३ हजार ७५० आरपीएममा ११५ एनएम टर्क जेनेरेट गर्छ । गाडीले प्रतिलिटर १९ किलोमिटरसम्म माइलेज दिने कम्पनीले जनाएको छ ।

३० लिटरको इन्धन ट्याङ्की रहेको गाडीको लम्बाई ३ हजार ९८१ एमएम, चौडाई १ हजार ७३३ एमएम, उचाई १५ सय ८६ र ह्विलबेस २ हजार ५४० रहेको छ । गाडीको बुट स्पेश ३१५ रहेको छ भने कुल तौल १३८२ किलोग्राम रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro