site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार यताउता हुने कुरा भ्रम हो, पाँच वर्ष चल्छ : प्रधानमन्त्री प्रचण्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् । 

सोमबार चितवनमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने, “सरकार यताउता हुने कुरा भ्रम हो । वर्तमान सरकार पाँच वर्ष चल्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नहुने र रास्वपालाई सरकारमा ल्याउन सकारात्मक कुराकानी भइरहेको बताए ।

प्र्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई जोगाउने प्रयासमा सरकार नलागेको भन्दै न्यूनतम साझा कार्यक्रममा समेत भ्रष्टाचार अन्त्य गर्नका लागि प्रतिबद्धता जनाइएको जानकारी दिए । 

Global Ime bank

उनले महावीर पुन आफूसँग सल्लाहनै गरेर माइतीघरमण्डलामा धर्नामा बसेको बताए । धर्ना अघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले अयोग्य लडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको बताए । "अयोग्य लडाकुका बारेमा अदालतको फैसलालाई कार्यान्वयन मात्रै गर्न खोजेको हो," उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement