site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अयोग्य लडाकुलाई तत्काल दुई लाख रुपैयाँ दिनुपर्छ : सचिव पौडेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले अयोग्य लडाकुहरूलाई तत्काल दुई लाख रुपैयाँ दिनुपर्ने बताएका छन् । 

सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरूलाई दिने भनिएको दुई लाख रुपैयाँ तत्काल दिइनुपर्ने बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“यो यस अघिकै सरकारहरूले गरेको निर्णय हो । वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको हो,” उनले भने,   “आयोग्य लडाकुहरूलाई दुई लाख रुपैयाँको दरले दिँदा करिब एक अर्ब रुपैयाँ खर्च हुन्छ । सो रकम राज्यले व्यहोर्न सक्छ ।” 

उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरूको योगदान रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान हुनुपर्ने बताए । "राज्यले अयोग्य लडाकुहरूलाई रकम दिँदा देश कंगाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरूको अपमान हुनु हो," उनले भने । 

Global Ime bank

उनले लडाकुहरूलाई रकम दिने कुरा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग पनि जोडिएको बताए । सचिव पौडेलले देशको परिवर्तनको निम्ति सर्मपित भएका युवाहरूलाई राज्यले सम्झिदाखेरी विरोध गर्नेहरूको विवेक हराएको टिप्पणी गरे । लडाकुको योगदानलाई पैसासँग तुलना गरिनु उनीहरूप्रतिको अपमान रहेको उनको भनाइ छ ।  

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement