site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रविजीले यही नै चाहिन्छ भन्नुभएको छैन, महावीर पुन सल्लाह गरेरै धर्नामा : प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् ।

सोमबार प्रेस सेन्टर नेपाल चितवनले यहाँ आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको जनाउँदै उनले यसैमा उक्त पार्टीका सभापति रवि लामिछाने अडिन्छन् भन्ने आफूलाई नलागेको बताए ।

सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री प्रचण्डले बताए । रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरू नपुगेको उनले स्पष्ट पारे ।

Global Ime bank

प्रधानमन्त्री प्रचण्डले भने, “रास्वपाका अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।”

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले सरकार पाँच वर्ष चल्ने बताए । उनले भने, “सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ कि भन्ने भ्रम हो ।”

आफ्नो निवास शिवनगरमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खुलेर पत्रकारसँग कुराकानी गरेका थिए । सो क्रममा उनले महावीर पुन आफूसँग सल्लाह नै गरेर माइतीघरमा धर्नामा बसेको बताए । बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “भेटमा मैले बजेटमा तपाईंको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भनेँ । हिँड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो, हाँसीहाँसी ।”

‘बस्नोस् त भन्न मिल्दैन, बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ’ भनेर आफूले भनेको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले थपे, “यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु ।”

पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्ट्याउन अनुरोध गरेको पनि उनले बताए ।

पूर्वलडाकुलाई रकम दिने विषय वि.सं. २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए । तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र नेपाली कांग्रेस एवं नेकपा (एमाले)को सरकार रहँदा छलफल भएर टुंगिएको विषय भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको उनले बताए । आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीको आक्रमणमा सत्तारूढ दल लागेको भन्ने कुरा असत्य भएको बताए । उनले भने, “तत्कालीन राजा र तिनका समर्थक भन्ने छ, त्यो गम्भीर विषय हो ।”

अर्को एक प्रश्नमा खेलकुद क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो । सरकारले कृषि उत्पादन, रोजगारी र युवालक्षित कार्यक्रमलाई बजेटमा जोड दिने पनि उनले बताए ।

सो अवसरमा उनले प्रेस सेन्टर चितवनले प्रकाशन गरेको क्यालेन्डरको लोकार्पण गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement