site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
योगेश भट्टराईले भने– कोसीमा 'प्रचण्डपथ' सफल हुन दिन्नौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने 'प्रचण्डपथ' कोसी प्रदेशमा सफल नबन्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले कोसी प्रदेश नामकरणको विरोध शान्तिपूर्ण रूपमा गर्न पाउने भए पनि नेकपा (माओवादी केन्द्र) का संगठनहरूले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले अहिले एउटा राजनीतिक दल एमाले लक्षित गरी आक्रमण भइरहेको बताए । उनले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने 'प्रचण्डपथ' फेरि लागु गर्न खोजिएको हो भने कोसी प्रदेशमा सह्य नहुने चेतावनी दिए ।

"प्रदेशको नामकरण र प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई हुन्छ । ...उसको संवैधानिक अधिकार हो । त्यसको विरोध गर्न पाइन्छ तर सीमा हुन्छ । उहाँहरूले अपनाएको शैलीको हामी निन्दा गर्दछौँ । एमाले केन्द्रित लक्षित जुन आक्रमण छ, त्यो आक्रमणले हामीलाई कतै सत्ता केन्द्रित दलहरू नै संलग्न छैनन् ? भन्ने शंका छ । प्रधानमन्त्री स्वयंले नै आगोमा घिउ थपिरहनुभएको छ," उनले भने ।

Global Ime bank

गत बुधबार झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय