site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा फेरि असंवैधानिक काम हुनसक्छ : सुरेन्द्रराज पाण्डे
फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकीमा फेरि असंवैधानिक काम हुनसक्ने बताएका छन् । 

आइतबार मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले प्रदेशसभामा बहुमत नपुग्दा पनि विश्वासको मत पाएको घोषणा हुनसक्ने संकेत गरेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार टिकाउनको लागि ३१ सांसदको समर्थन चाहिन्छ । तर, गण्डकीमा सर्वाेच्च अदालतले गरेको फैसलाको एउटा छिद्रामा टेकेर ३० सांसदको समर्थन पाए पनि बहुमत पाएको घोषाणा हुनसक्ने पाण्डेको भनाइ छ । “यहाँ पनि केहीबेरमा त्यही हुनसक्छ,” उनले भने ।

सभामुखलाई पनि तटस्थ बस्न र संविधानको मर्मअनुरूप काम गर्न उनले आग्रह गरे । उनले माओवादी केन्द्रलाई राजनीतिक अस्थिरताको कारक रहेको भन्दै आक्रोश पोखे ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro