site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विदेशीको दबाब र प्रभावमा सत्तासमीकरण परिवर्तन : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले विदेशीको दबाब र प्रभावका कारण मुलुकको सत्तासमीकरण परिवर्तन भएको जिकिर गरेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालका राजनीतिक दलहरू विदेशीको इसारामा चल्ने गरेको आरोप लगाए । सत्तासमीकरण परिवर्तन पनि विदेशीको दबाब र प्रभावका कारण भएको उनको भनाइ थियो ।

अहिले दलहरूको प्राथमिकतामा सत्ता मात्र रहेको उनले टिप्पणी गरे । निर्वाचनमा गठबन्धन गर्ने विषयमा पनि विदेशीको दबाब आउने गरेको उनले बताए ।

मिलीजुली बाँकी रहेको देश लुट्ने र त्यसका निम्ति सत्तालाई प्रयोग गर्ने गरिएको भन्दै उनले यस्तो अवस्थाबाट देशलाई मुक्त गर्न राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे । उनले राजनीति गर्ने मान्छे आर्थिक रूपमा इमानदार हुनुपर्नेमा जोड दिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro