site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जापानी विदेशमन्त्रीले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन
तस्बिरहरू : हरिराम भेटुवाल/रासस ।

काठमाडौं । नेपाल भ्रमणमा रहेकी जापानी विदेशमन्त्री खामिखावा योकोले आइतबार दिउँसो काठमाडौंको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् । उनी आजै काठमाडौं आएकी हुन् ।

उनी आइतबार दिउँसो २ बजे वसन्तपुर क्षेत्रमा पुगेकी थिइन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन् ।

Dabur Nepal
NIC Asia

s3-1714902412.jpg
जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री खामिखावाले आजै उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् । उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी नेपाल वायुसेवा निगमको विमानमार्फत आजै राति जापानका निम्ति प्रस्थान गर्ने कार्यक्रम छ । रासस

s2-1714902411.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro