site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डाबर नेपालले नौ अर्ब ६८ करोड लगानी गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । लगानी बोर्ड नेपाल र बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रा.लि.बीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधीकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्नका लागि पुनर्लगानीका रुपमा लगानी हुने परियोजनाको समझदारीपत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । 

लगानी बोर्डको कार्यालयमा आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा लगानी बोर्डका सदस्य रमेश रिजालको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपाल प्रा.लि.का तर्फबाट बिजनेस हेड हरकिरत सिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणको लागि लगानी बोर्डको ४९औँ बैठकले २०७८ माघ २५ मा सम्पन्न बैठकले लगानी स्वीकृत गरेको थियो । डाबर नेपालले पेस गरेको परियोजना प्रस्तावअनुसार नौ अर्ब ६८ करोड रुपैयाँ थप लगानी हुने भएको छ ।

समझदारीपत्रमा हस्ताक्षरपश्चात् डाबर नेपालका बिजनेस हेड वेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा लगानी गर्न पाउँदा हर्षित भएको विचार व्यक्त गरे । 

Global Ime bank

त्यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपालका तर्फबाट हुन लागेको पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास भरोसा र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको चर्चा गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC