site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थमन्त्री सहभागी कार्यक्रममा होटेल व्यवसायीले डा. गोविन्द केसीलाई ‘डाँका’ भनेपछि...
Sarbottam CementSarbottam Cement

विराटनगर । संघीय अर्थमन्त्री डा. प्रकाशशरण महत प्रमुख अतिथि रहेको एक कार्यक्रममा विराटनगरका एक होटेल व्यवसायीले गालीगलौज शैलीमा डा. गोविन्द केसीलाई ‘डाँका’ भन्दै दुर्वाच्य बोलेका छन् ।

अर्थ मन्त्रालय, राजस्व परामर्श समितिको आयोजना तथा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहजीकरणमा बिहीवार विराटनगरमा भएको कार्यक्रममा स्थानीय एसिया टिक होटेलका सञ्चालक पुण्य भट्टराईले डा. केसीलाई ‘डाँका’ भन्दै गाली गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

डा. केसीको आन्दोलनका कारण विराटनगरसहित देशभरमा नर्सिङ स्नातक पढाउने कलेज बन्द हुन पुगेको उनले दाबी गरे । भट्टराईले देशलाई आर्थिक रुपमा घाटा लगाउने काम गरेको भन्दै डा. केसीलाई ‘डाँका’ भएको भन्दै अपमान गरेका थिए।

भट्टराईले स्नातक पढाउने कलेजहरु बन्द हुँदा ठूलो आर्थिक नोक्सानी भएको जिकिर गरेका थिए । उनले डा.केसीप्रति  लक्षित गरी दुर्वाच्य प्रयोग गरेपछि कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले मुखामुख गरेका थिए । 

Global Ime bank

आफू पर्यटन व्यवसायीसमेत भएको दाबी गर्ने भट्टराईले नर्सिङतर्फको पढाइ, त्यसबाट हुने आर्थिक गतिविधि डा. केसीकै कारण ध्वस्त भएको आरोप लगाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC