site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कामका आधारमा कर्मचारीको मूल्यांकन हुनेछ : अर्थमन्त्री
Sarbottam CementSarbottam Cement

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन् । कर्मचारीलाई इमान्दार, पारदर्शी र समर्पणका साथ जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए । 

बिहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा. महतले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ,” उनले भने, “मलाई विश्वास छ, तपाईंहरुले राम्रो गर्नु हुनेछ । राम्रो गर्न कोसिस गरिराख्नु भएको छ ।”

“कुनै पनि कर्मचारीले पारदर्शिता, कर्तव्यनिष्ठा देखाउने छन् भन्ने कुरामा मलाई विश्वास छ, यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निक्कै बढ्ने मैले अपेक्षा गरेको छु,” महतले भने, “राजश्व बढाउन हामीले करदातालाई अनावश्यक दुःख दिनु हुँदैन । तर, नियम कानुनले दिएको छ । त्यसमा कर्मचारीले कार्यान्वयन गर्न चुक्नु हुँदैन भनेर अनुरोध गर्छु ।”

Global Ime bank

डा. महतले समग्रमा पारदर्शी काम गर्नका लागि र सेवाग्राहीलाई सहज र सौहद्रपूर्ण वातावरण निर्माण गर्न आग्रह पनि गरे ।

“नियम, कानुनमा उनीले तिर्नुपर्ने कुरा छ भने उनीहरुले तिर्नुपर्छ । हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं । कर्मचारीको कामका आधारमा अर्थ मन्त्रालयले दृष्टिकोण बनाउँछ,” उनले भने, “कामभन्दा बाहेक अन्य कुनै कारण अथवा पृष्ठभूमिबाट तल–माथि लैजाने र ल्याउने काम अर्थ मन्त्रालयले गर्दैन । जिम्मेवारी बहन एउटै मात्र आधार हो । यहीअनुरुप काम गर्न म सम्पूर्ण कर्मचारी साथीहरुलाई अनुरोध गर्छु ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC