अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको छ ।
सोमबार प्रतितोला एक लाख नौ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख नौ हजार ६०० रुपैयाँमा करोबार भएको हो ।
तेजाबी सुन प्रतितोला एक लाख नौ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ११:०४
प्रतिक्रिया दिनुहोस्