site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नगराइनमा नौ महिनादेखिको विवाद साम्य

जनकपुर । धनुषाको नगराइन नगरपालिकामा नौ महिनादेखिको विवाद समाधान भएको छ । गत वैशाखमा निर्वाचित भएलगत्तै नेपाली कांग्रेसतर्फका नगरप्रमुखमा निर्वाचित विनयकुमार यादव र नेकपा (एमाले) तर्फका उपप्रमुखमा निर्वाचित राधादेवी यादवबीच विवाद हुँदा नौ महिनासम्म कामकाज ठप्प भएको थियो ।

एकअर्काको निर्णय दुवै पक्षले मान्न आनाकानी गरेपछि नगरपालिकाका कामकारवाहीमा बाधा पुगेको थियो । स्थानीयको दबाबपछि दुवै पक्ष मिलेर काम गर्न सहमत भएका छन् । नगरप्रमुख विनयकुमार यादव आपसी सहमतिमा नगर क्षेत्रमा विकासका गतिविधि अगाडि बढाइने बताउँछन् । “नगर क्षेत्रमा विभिन्न योजना निर्माण थालेका छौँ”, उनले भने । अघिल्लो कार्यकालमा बनेका ऐन, नियम र कार्यविधिका विषयमा विवाद भएको यादवको भनाइ छ । 

Dabur Nepal
NIC Asia

दुवै पक्षबीचको विवाद समाधानपछि वडा नं ६ स्थित नेपाल–भारत सीमामा पर्ने जमुना नदीमा झोलुङ्गे पुल र नगरको प्रशासकीय भवन निर्माणका लागि प्रक्रिया अघि बढेको छ । यस्तै १५ शय्याको अस्पताल निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी छ । स्मार्ट नगराइन नगरपालिका बनाउन जटहीबाट जनकपुरधामसँग सडकको बिच भागमा वृक्षरोपण, दुवै सीमामा प्रवेशद्वार, बत्ति जडान, प्रत्येक वडामा विद्युतीकरण, कृषि सडकलगायत कामका लागि प्रक्रिया थालिएको यादवले बताए । 
 
नगर उपप्रमुख राधादेवी यादव आफ्नो क्षेत्राधिकारमा हस्तक्षेप गर्ने गरी बनाइएका कानुन संशोधनका लागि पहल नहुँदा विवाद भएको र अब त्यसले निकास पाएको बताउँछिन् । “आगामी असारमा हुने नगरपरिषद्बाट पारित गर्ने गरी कानुन संशोधन गर्न मस्यौदा निर्माणका लागि समिति बनाउने र बाँकी काम द्विपक्षीय सहमतिमा गर्ने समझदारी भएको’’, उनले भनिन् ।  

विवादका कारण रोकिएको सामाजिक सुरक्षा भत्ता वितरण थालिएको छ । उपप्रमुख नेतृत्वको न्यायिक समितिले पूर्णता पाएको छ । “अब छिट्टै मुद्दामामिलाका काम छिनोफानोतर्फ लाग्छौँ”, उपप्रमुख यादवले भनिन् ।  

विवाद भएपछि रोकिएका वडास्तरका कामकाजसमेत अघि बढेका नगराइन–६ का वडाध्यक्ष ललित साहले जानकारी दिए । नगरपालिकामा मुख्य विवाद उपभोक्ता समिति गठन र अनुगमन कसले गर्ने भन्ने विषयमा भएको थियो। “आ–आफ्नो क्षेत्राधिकारमा रहेर जिम्मेवारी निर्वाह गर्ने र जिम्मेवारी निर्वाह गर्दै जाँदा बाधा–अड्चन आएमा सोहीअनुसार बाधाअड्काउ फुकाउने गरी अगाडि बढ्ने सहमति भएको छ”, नगरप्रमुख यादवले भने । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro