site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘काँडेतार’ प्रदर्शनमा सरकारले लगायो रोक, न्यायका लागि अदालत जाने नवलको चेतावनी
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले चलचित्र ‘काँडेतार’ प्रदर्शनमा गर्न रोक लगाएको छ । सामना फिल्मस् प्रालिद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘काँडेतार’लाई सोमबार सेन्सर बोर्डले प्रदर्शन नगर्न भनेको हो । 

खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित चलचित्रका सम्वाद र दृश्यमा सेन्सर बोर्डले आपत्ति जनाएको हो । 

“थप छलफल गर्नु पर्छ भन्दै सेन्सर बोर्डले सेन्सर सर्टिफिकेट दिएन” निर्माता तथा कलाकारसमेत रहेका निर्देशक नवल खड्काले भने । 

सेन्सर बोर्डसँगको अनौपचारिक तथा औचारिक कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न पाउनु पर्ने अडान आफूले राखेको खड्काले जानकारी दिए । “सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझेर काँडेतार चलचित्र प्रदर्शन गर्न सर्टिफिकेट दिने मैले अपेक्षा गरेको छु,” निर्देशक खड्काले भने, “नदिएको खण्डमा न्यायका लागि अदालत जानेछौँ । यसमा जनता तथा दर्शकको साथ सहयोग माग्ने अधिकार हामीमा सुरक्षित छ ।” 

उनले कुनै पनि दृश्य वा सम्वाद नकाटी चलचित्र दर्शकसामु पुर्याउने उनले प्रतिबद्धता जनाएका छन् । खड्काले अधिकांश चलचित्र देशभक्तिपूर्ण र परिवर्तनका लागि बनाउँदै आएका छन् । 

शिवम् अधिकारी र नवल खड्काको लेखन रहेको ‘काँडेतार’ चलचित्रका निर्माता माकिको राई र अन्जु केसी छन् । कार्यकारी निर्माता गायिका सत्यकला राई हुन् । 

श्री श्रेष्ठ को द्वन्द, कविराज गहतराजको नृत्य, सौरभ लामाको छायांकन, मणि थापा र दीपक शर्माको सगीत, बन्दे प्रसाद र तारा थापा (किम्भे)को सम्पादन रहेको छ । कलाकारमा नवलसँगै गौरभ पहाडी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादवलगायत छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro