site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसी कार्यान्वयनमा चुनौती : स्थानीय तहमा प्रदेश–१ कै नाममा कामकाज
मोरङको पथरीशनिश्चरे नगरपालिकामा कोसी लेखेको बोर्ड हटाउँदै पहिचानवादी आन्दोलनकारी । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रमुख राजनीतिक दलहरूबीच सहमतिपश्चात् प्रदेश नम्बर–१ को नाम कोसी राखियो । गएको पुस १७ गते राति प्रदेशसभाबाट दुईतिहाइभन्दा बढी मतसहित कोसी नाम पारित भएको थियो ।

प्रदेशले नाम प्राप्त गरे पनि यसको पूर्ण कार्यान्वयनमा चुनौती देखिएको छ । पहिचानवादीको अवरोधका कारण सबै ठाउँमा कोसी नामबाट अझै सरकारी कामकाज हुन सकेको छैन ।

नाम पारित भएको भोलिपल्टै प्रदेशसभा सचिवालयको बोर्डदेखि लेटरप्याडसम्म फेरियो । प्रदेश राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरूमा पनि प्रदेश नम्बर–१ को बोर्ड हटाएर कोसी लेखियो । सरकारले प्रयोग गर्ने लेटरप्याडदेखि छापसम्म परिवर्तन गरियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश मन्त्रालय र मातहतका कतिपय निकायमा सोहीअनुरूप कोसी कार्यान्वयन गरियो । तर, प्रदेशका १३७ स्थानीय तहमध्ये अधिकांशले कोसी नाम राखेका छैनन् । बोर्ड, लेटरप्याड, छापमा कोसी प्रयोग गर्न सकेका छैनन् । धेरै स्थानीय तहले अहिले पनि प्रदेश–१ कै नामबाट सरकारी कामकाज गरिरहेका छन् ।

जिल्लास्थित प्रदेश मातहतका कार्यालयमा पनि पुरानै नाम कायम छ । स्थानीय तहहरूको आधिकारिक वेबसाइटमा भने कोसी लेखिएको छ ।

Global Ime bank

पहिचानवादीले कोसी नामकरण अस्वीकार्य भन्दै आन्दोलन चर्काएसँगै व्यावहारिक रूपमा नाम कार्यान्वयन हुन नसकेको हो । स्थानीय तहलाई लक्षित गरी बोर्ड, लेटरप्याड र छाप प्रयोग नगर्न विरोधीले उर्दी जारी गरेपछि पुरानैबाट काम भइरहेको छ ।

Koshi metdai Limbuwan (3) Myanglung Napa1681974168.jpg

“कोसी कार्यान्वयन नगर्न हामीले नै अवरोध गरेका हौँ । बोर्डलगायत सरकारी कागजात नफेर्न हामीले स्थानीय तहलाई परिपत्र गरेरै जानकारी गराएका छौँ । अझै अवरोध गरिरहन्छौँ,” पहिचानवादी आन्दोलनको एक घटक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले भने ।

लिङदेनका अनुसार पहिचानवादी आन्दोलनकर्मीले स्थानीय तहले फेरेका बोर्ड हटाउने, च्यात्ने र फ्याँक्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । कोसी नामबाट हुने सबै सरकारी कामकाज रोक्ने आफूहरूको आन्दोलनको एउटा पाटो भएको उनले सुनाए ।

कोसीका १४ मध्ये अधिकांश पहाडी र हिमाली जिल्लामा नाम कार्यान्वयन हुन सकेको छैन । तराई क्षेत्रका धेरै स्थानीय तहमा अहिले पनि अवरोध कायमै छ ।

कोसी नाम राखेपछि आन्दोलनकारीले तेह्रथुमको म्याङलुङ नगरपालिका, मोरङको पथरीशनिश्चरे नगरपालिका, इलामको चुलाचुली नगरपालिकालगायत धेरै स्थानीय तहको बोर्ड निकालेर फ्याँकिदिएका थिए । उर्लाबारी नगरपालिकामा एक वडाध्यक्षलाई कुटपिट समेत गरेका थिए ।

पहिचानवादीले साविककै नाममा दैनिक कामकाज गरी आफूहरूको आन्दोलनमा साथ दिन आग्रह गरेको इलामको एक स्थानीय तहका प्रमुखले बताए । सोही कारण कोसी प्रदेशको नामबाट काम गर्न नसकेको उनको भनाइ छ ।

“सुरक्षा समेतको अवस्थालाई हेरेर हामीले बोर्ड फेर्ने र कोसीको नामबाट गर्ने कामकाज गर्न सकेका छैनौँ,” उनले भने ।

कोसी नाम पारित गरेको विरोधमा मुख्यमन्त्री हिक्मत कार्की र नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढेको गाडीमा आक्रमण समेत गरिएको थियो ।

वैशाख १० देखि थप आन्दोलन
पहिचानसहितको प्रदेश नम्बर–१ पुनः नामांकन अभियान समितिले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । वैशाख १० गते इटहरीमा विरोधसभा गर्ने र ११ गते विराटनगरमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने तय गरिएको अभियानका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।

उनले भने, “एसईई परीक्षामा अवरोध भई विद्यार्थीलाई असर नगरोस् भन्ने उद्देश्यसाथ हामीले केही समय आन्दोलन रोकेका थियौँ । अब थप सशक्त ढंगले अघि बढ्ने योजना छ ।”

यसैबीच, कोसी खारेज गरी पुनः नामकरण गर्नुपर्ने मागसहित विराटनगरमा गरिएको आन्दोलनका क्रममा मृत्यु भएका मोरङको बेलबारीका पदमकुमार लिम्बू (लाजेहाङ)को वैशाख ९ गते अन्त्येष्टि गरिने अभियानले जनाएको छ । “घटनास्थल विराटनगरको रोडशेषचोकमा श्रद्धाञ्जली सभा गरेपछि शव अन्त्येष्टिको लागि लगिनेछ,” अध्यक्ष थेगिमले भने ।

गएको चैत ५ गते रोडशेषचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीको अश्रुग्यास र लाठी प्रहारबाट लाजेहाङ घाइते भएका थिए । उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत १० गते उनको निधन भएको थियो ।

पहिचानवादीको मागअनुरूप संघीय सरकारले लाजेङलाई सहिद घोषणा गरेको छ । उनको शव अझै पनि बीपी प्रतिष्ठानमै राखिएको छ । ४२ वर्षीय उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमान्डर थिए ।

यता, कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले संवैधानिक व्यवस्था र दलहरूबीचको सहमतिकै आधारमा नाम राखिएको बताएका छन् । जननिर्वाचित प्रतिनिधिले विधि र प्रक्रियाअनुसार नै नामकरण गरेको र लोकतन्त्रमा आफ्ना माग राख्न पाउने सबैको अधिकार भएको उनले उल्लेख गरे । “हामीले दलहरूको सहमति र संवैधानिक व्यवस्थाअनुसार नै नाम राखेका हौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC