site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
जसले दोस्रो नम्बरमा बसेर एक नम्बरलाई थप बलियो बनाइरहे
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिनेमामा केही पात्रहरू यस्ता हुन्छन्, जसको अनुपस्थितिमा ती सिनेमा नै खल्लो प्रायः लाग्छन् । जो मुख्य पात्र होइनन् तर पनि सिनेमामा उनीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । 

उदाहरणका रूपमा केदार घिमिरे, विजय बराल, बुद्दि तामाङ, रविन्द्र झा आदिलाई लिन सकिन्छ । केदार घिमिरे आजसम्म चलचित्रको मुख्य भूमिकामा देखिएका छैनन् । उनी सहायक पात्रमा देखिन्छन् । तर, उनको भूमिका सिनेमामा सशक्त हुन्छ । 

‘छक्का पञ्जा’ सिरिज होस् वा ‘छ माया छपक्कै’ केदार दीपकराज गिरी मुख्य भूमिकामा रहेको चलचित्रमा सहायक पात्रका रूपमा देखिन्छन् । केदारविनाको ‘छक्का पञ्जा’ सिरिज कस्तो होला ? 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र बन्छ, राम्रै पनि होला । तर, सत्य यो हो ‘छक्का पञ्जा’को ‘टेस्ट’मा असर भने निश्चय नै पर्छ । त्यसैले त दीपकराजले आजसम्म केदारलाई लिन छोडेका छैनन् । त्यसैले त केदारप्रति उनकै सहकर्मी जितु नेपालले टिप्पणी गर्दै आएका छन्– केदारजी आफू दुई नम्बरमा बस्ने र एक नम्बरको मान्छेलाई आफू वरिपरि घुमाइरहने क्षमता भएको व्यक्ति हो । 

केदारविनाको ‘छक्का पञ्जा’ धेरैले कल्पना पनि गर्दैनन् । उनी यो सिरिजको 'ब्याककबोन' नै हुन् । 

Global Ime bank

बुद्दि तामाङ पनि त्यस्तै पात्र हुन्, जसको अभावमा धेरै चलचित्र अपुरो/अधुरो लाग्छ । उनीविना सिनेमाको हिरो आधा/आधा लाग्छ । ‘छक्का पञ्जा’ र ‘कबड्डी’ यसको उदाहरण हुन् । ‘छक्का पञ्जा’को राजा होस् वा ‘कबड्डी’ सिरिजको काजी बुद्दिविना अपुरो लाग्छ । कारण अब राजा र काजीको चरित्रसँग उनी आएनन् भने दर्शकले खल्लो महसुस गर्ने अवस्था आइसकेको छ । 

यस्तै, आफू दुई नम्बरमा बसेर एक नम्बरको नायकलाई सफल र सवल बनाउने कलाकार हुन्, विजय बराल । उनी, ‘कबड्डी’ बिकेको पात्रका रूपमा काजीको साथी र छिमेकीको भूमिकामा हुन्छन् । उनीविना पनि अब ‘कबड्डी’ अधुरो लाग्ने भएको छ । हिरो त होइनन् उनी तर ‘कबड्डी’को महत्त्वपूर्ण अंग बनिसकेका छन्, विजय । 

‘कबड्डी’मा मात्रै होइन विजय दयाहाङसँग अरू चलचित्रमा पनि देखिन्छन् । जस्तै: अहिले प्रदर्शनरत चलचित्र ‘जारी’मा पनि दयाहाङ राई मुख्य भूमिकामा छन् भने विजय उनको छिमेकी र साथीको भूमिकामा । ‘जारी’मा पनि विजय दयाहाङको ‘ब्याकबोन’का रूपमा देखिएका छन् ।

त्यसो त विजय आफैँमा राम्रो अभिनय गर्ने कलाकार हुन् । अभिनयका लागि उनले कसैको दौराको फेसर समाइरहनु पर्दैन । तर, दयाहाङसँग उनको केमेस्ट्री गज्जबले मिलेको छ । त्यसैले उनीहरू धेरै चलचित्रमा सँगै देखिने गरेका छन् । सम्भवत: अझै केही वर्ष उनीहरूको जोडी मेकरको रोजाइमा पर्नेछ । 

केही समय अगाडि ‘ह्यारी की प्यारी’मा मुख्य भूमिकामा जितु नेपाल थिए । सहायक भूमिकामा काकाको चरित्रमा विजय बराल थिए । उनको अभिनय गज्जब थियो । सञ्चार माध्यममा तारिफ पनि भएको थियो । अहिले ‘जारी’मा पनि विजयको गज्जबको अभिनय छ । जसको चौतर्फी तारिफ पनि भइरहेको छ ।

विजय रंगमञ्चको बाटो हुँदै चलचित्रमा आएका कलाकार हुन् । मण्डला थिएटरबाट उनी कला क्षेत्रमा आएका हुन् । 

मण्डला थिएटरमा विजय र दयाहाङ सेयरहोल्डर पनि हुन् । बुद्दि पनि मण्डला थिएटरबाट कला क्षेत्रमा आएका हुन् । उनी पनि मण्डला थिएटरका सेयरहोल्डर हुन् । 

नायकको वरिपरि रहेर पनि आफूलाई अब्बल कलाकारको दर्जामा दर्ज गराउन सफल कलाकार रवीन्द्र झा पनि हुन् । धेरै चलचित्रमा उनलाई सहायक भूमिकामा देख्न सकिन्छ । तर, उनी रुचाइएका चरित्र हुन् । 

‘जात्रा’ सिरिजमा मुख्य भूमिकामा विपीन कार्की छन् । तर, यसमा मुन्नाको भूमिकामा देखिने रवीन्द्रविनाको यो सिनेमा कस्तो होला ? स्पष्ट छ, अधुरो । ‘जात्रा’लाई पूर्ण बनाउन पनि उनी यसका लागि निसन्देह आवश्यक पात्र हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC