site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजारमा ४० देखि ८० प्रतिशत माग संकुचन छ : अध्यक्ष अग्रवाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन् ।

सोमबार काठमाडौंमा सातौँ चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदनअनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, "अहिले उद्योगी र व्यवसायीहरु कठिन परिस्थितिमा गुज्रिरहेका छन् । व्यवसायीहरुले बैंकको उच्च ब्याजदरको सामना गर्नुपरेको छ । बैंकहरूमा तरलताको अवस्था सुधार भए पनि कागजमा सीमित हुँदा उद्योगी व्यवसायीहरूले अझै ऋण पाउन समस्या छ ।"

अध्यक्ष अग्रवालले पछिल्लो समय कागजी रुपमा बैंकहरुमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरूले सहजरुपमा कर्जा पाउन नसकेको दाबी गरे । उनले व्यवसायीहरूले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्न समेत नसकेको उल्लेख गरे ।

Global Ime bank

अध्यक्ष अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए । उनले  सरकारले उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाउन केही कदमहरू चाल्न आवश्यक रहेको बताए । सरकारले समयमा नै पुँजीगत खर्च गर्न नसक्दा पनि धेरै समस्या देखिएको उनको भनाइ छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC