अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा सोमबार सुन हिजोकै मूल्यमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि छापावाल सुन तोलाको यही मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य पनि स्थिर छ । यो सुन तोलाको एक लाख नौ हजार ५०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य समेत स्थिर छ । आज चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भएको छ । तीन दिनदेखि चाँदी यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० ११:२२
प्रतिक्रिया दिनुहोस्