site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । भारतबाट काठमाडौं आएका दुईजना ‘सार्पसुटर’ पक्राउ परेका छन् । शनिबार काठमाडौंको जोरपाटीस्थित नारायणटारबाट पक्राउ परेका दुवै जना भारतीय ‘सार्पसुटर’ रहेको र भारतीय प्रहरीको खोजीको सूचीमा रहेको नेपाल प्रहरीले जनाएको छ ।

कसैको हत्याको लागि उनीहरु नेपाल आएको आशंका गरिएको छ । 

भारत रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरु दुवै भारतीय प्रहरीको खोजी सूचीमा रहेका व्यक्तिहरु पनि रहेको प्रहरीले जानकारी दियो ।

उनीहरुलाई नेपाल प्रहरीको विषेश ब्युरोले नियन्त्रणमा लिएको हो । उनीहरु नेपालमा कसैको हत्या गर्न आएको भन्ने सूचनाका आधारमा परिचालन भएको ब्युरोको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्ले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको एआईजी चन्दले बताए । 

एआईजी चन्दले भने, “पक्राउ परेका दुवैजना सुटर हुन् भन्ने अहिले खुलेको छ । उनीहरुलाई भारतीय प्रहरीले पनि खोजी सूचीमा राखेको रहेछ । पक्राउ परेका दुवैजनासँग सोधपुछ गर्ने काम भैरहेको छ । सबै कुरा आइसकेको छैन ।”

प्रहरी उच्चस्रोतकाअनुसार उनीहरुले काठमाडौंमा रहेका एक व्यवसायीको हत्या गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तराई घर भएका र काठमाडौंमा व्यापार  गर्ने एक व्यापारी उनीहरुको नजरमा रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २३, २०७४  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro