site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महासंघ निर्वाचन : आफ्ना एजेण्डासहित मतदातामाझ उपाध्यक्षका उमेदवार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भोलि (२९ गते) हुने निर्वाचनका लागि उपाध्यक्ष पदका उमेदवारहरू एजेण्डासहित प्रस्तुत भएका छन् । 

मंगलबार महासंघको ५७औँ साधारणसभामा उपस्थित मतदातामाझ आफ्नो एजेण्डासहित उपाध्यक्षका उमेदवारहरुले मत मागेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

महासंघको जिल्ला नगरतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी, दिनेश श्रेष्ठ र सुरकृष्ण वैद्य प्रतिस्पर्धामा छन् ।

बस्तुगततर्फ मनिषलाल प्रधान, सुकुन्तलाल हिराचन र हेमराज ढकाल प्रतिस्पर्धामा छन् ।

Global Ime bank

यस्तै, एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य प्रतिस्पर्धा गर्दै छन् । उनीहरूले आफ्नो एजेन्डा प्रस्तुत गर्दै भोट मागेका छन् ।

महासंघको नयाँ कार्यसमिति चयनको लागि चैत २९ चुनाव हुँदै छ । चुनावबाट वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन हुनेछ । 

महासंघ विधानअनुसार तीन वर्षपछि अध्यक्ष बन्नको लागि यो अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपर्छ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्ष बन्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC