site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल एयरलाइन्सको तीन लापरवाहीबारे पर्यटनमन्त्रीले सोधे पाँच प्रश्न
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई पाँच पश्न सोधेका छन् । एक सातामा भएका नेपाल एयरलाइन्सको लापरवाहीको बारेमा थप प्रश्न गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत नेपाल एयरलाइन्सलाई चार्टर उडानबाट निगमलाई पर्न गएको भार, दिल्लीमा पांग्रा पन्चर हुँदा तत्काल पाटपूर्जा व्यवस्था गर्न किन नसेकेको र काठमाडौं–दुबई फ्लाइटका समयमा किन पाइलटको तत्काल व्यवस्था गर्न नसकेको भन्नेबारेमा थप प्रश्न सोधेका छन् ।

यसअघि, मन्त्री किरातीले गत २० गते एक सातामा भएको तीन लापरवाहीको बारेमा गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यी हुन् मन्त्रीले नेपाल वायुसेवा निगमलाई सोधिएका प्रश्नहरु :

१. चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो ? स्पष्ट नभएकोले पुनः स्पष्ट बनाउने ।

Global Ime bank

२. नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रालगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो ? साथै यसबाट आर्थिक भार के कति पर्न गयो ?

३. काठमाडौं–दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदाहुँदै पाइलटको व्यवस्था किन गर्न नसकिएको हो  ? यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो ?

४. एयरपोर्टमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकोले सोलाई नियन्त्रण गर्ने कार्य योजना के कस्तो छ ? पेस गर्ने ।

५. म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पद बहालीपश्चात् टुइनेटर जहाज कतिपटक ग्राउन्डेड भयो ? यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो ? अब आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनुपर्छ कि पर्दैन ? पेस गर्ने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC