site stats
बाह्रखरी :: Baahrakhari
खेल
आर्मीका पाल र पुलिसकी पछाईलाई ‘१० के रोड रेस’को उपाधि 

काठमाडौं । त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौथो वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् ।

शनिबार काठमाडौंको दरबारमार्गमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मुकेश र महिलातर्फ राजपुरा च्याम्पियन बनेका हुन् । मुकेशले निर्धारित दूरी ३१ मिनेट २१.७६ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । 

एपीएफका गोपीचन्द्र पार्की दोस्रो स्थानमा रहे । साविक विजेता गोपीले ३१ मिनेट ३८.६८ सेकेन्डमा दौड पूरा गरे । तेस्रो भएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट ४७.४२ सेकेन्डमा दौड पूरा गरे ।

महिलातर्फ उपाधि जित्ने क्रममा राजपुराले कोर्स रेकर्डसहित ३६ मिनेट ४३.२ सेकेन्डमा दौड पूरा गरिन् । पुलिसकै राममाया बुढाले ३७ मिनेट ५४.१५ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरिन् । तेस्रो स्थानमा रहेकी एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट २६.०३ सेकेन्डमा दौड पूरा गरिन् । 

Global Ime bank

प्रतियोगिताको महिला र पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् । चौथोले १० हजार र पाँचौँले पाँच हजार प्राप्त गरेका छन् । कोर्स रेकर्ड बनाएकी राजपुराले थप १० हजार प्राप्त गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu