राजनीति
काठमाडौँ । आंशिक प्राध्यापक संघले आफूहरुलाई करार गर्न माग गर्दै आज माइतीघरमण्डलमा धर्ना दिएको छ ।
सात दिनदेखि संघका अध्यक्ष महेश गजुरेलले कीर्तिपुरस्थित त्रिविको मूल प्रवेशद्वारमा आमरण अनशन जारी राखे पनि त्रिवि र सरकारले सुनुवाइ नगरेको भन्दै एक घण्टा धर्ना दिइएको हो ।
संघका केन्द्रीय सदस्य योगेशकुमार गोइतका अनुसार संघका सहअध्यक्ष नरेन्द्र भण्डारीसहितको टोलीले आजै राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको छ । त्रिवि मातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४२० दरबन्दी आवश्यक भएको विश्वविद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ । रासस
प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४ १५:३८
प्रतिक्रिया दिनुहोस्