site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
सन्तानका लागि आईभीएफ एकदमै सुरक्षित र सहज प्रक्रिया हो (भिडियोसहित)

काठमाडौं । आधुनिक चिकित्सा पद्धतिमा निकै प्रभावकारी ठहरिएको उपचार प्रक्रिया हो, आईभीएफ (इनभिट्रो फर्टिलाइजेसन) । सन् २००६ मा नेपालमा भित्रिएको यो पद्धति सामान्य प्रक्रियाबाट सन्तान नभएका दम्पतीका लागि प्रभावकारी बन्दै गएको छ ।

'टेस्ट ट्युब बेबी'का नामबाट मात्रै चिनिएको यो पद्धतिमा केकस्ता उपचार समेटिएका हुन्छन् ? के नेपालमा सबैखाले निसन्तानसम्बन्धी समस्याको समाधान सम्भव छ ? प्रस्तुत छ, यीसहित विविध विषयमा वरिष्ठ स्त्रीरोग तथा टेस्ट ट्युब बेबी विशेषज्ञ डा. नुतन शर्मासँग बाह्रखरीले गरेको संवाद :

आईभीएफ पद्धतिमा कसरी गर्भाधान गराइन्छ ?
सामान्य गर्भाधानमा महिलाको डिम्बाशयबाट डिम्ब निस्किने, शुक्रकिटसँगको मिलनपछि गर्भाशयमा भ्रूण बन्नेजस्ता प्रक्रिया हुन्छन् । तर, महिला वा पुरुषका कारण सामान्य प्रक्रियाबाट गर्भाधान हुन नसकेमा गर्भाशयमा भ्रूण बन्ने र पाठेघरमा बस्ने प्रक्रियामा कुनैपनि समस्या देखिएमा प्राकृतिक गर्भाधान हुन सक्दैन । यतिबेला गराइने कृत्रिम गर्भाधान आईभीएफ हो । यो प्रक्रियामा डिम्ब र शुक्रकिटलाई ल्याबमा विभिन्न प्रक्रिया गरी ट्युबमा राखी र गर्भाधान गराउने पद्धति 'टेस्ट ट्युब बेबी' हो । 

के कस्ता कारणले प्राकृतिक गर्भाधान नहुन सक्छ ?
गर्भाधानका लागि प्राकृतिक र अन्य उपचारहरूले काम नगरिसकेपछिको अन्तिम विकल्प हो, आईभीएफ । भ्रूणबाट शिशु महिलाको गर्भाशय/ट्युब बन्ने हो । यदि उनको दुवै ट्युब बन्द छ भने गर्भाधानका लागि आईभीएफ नै आवश्यक हुन्छ । त्यस्तै, उनको उमेर ३५–४० पुगेपछि डिम्बाशयमा अण्डाको मात्रा कम हुन्छ र गर्भाधान हुन गाह्रो हुन्छ ।

Global Ime bank

अर्को डिम्बाशयमा सिस्ट, पाठेघरको ट्युमर भएमा, पाठेघरमा संक्रमण भएमा पनि समस्या देखिन्छ । अर्को एक कारण हो, महिलामा हुने ज्यादै मोटोपना, जुन कारण डिम्बाशयमा अण्डा भएपनि नफुट्ने हुन्छ । यसबाहेक अर्को पाटो छ पुरुषमा हुने समस्या ।

सामान्य गर्भाधान नहुनुमा २० देखि २५ प्रतिशत केसमा पुरुषमा समस्या देखिन्छ । त्यो भनेको शुक्रकिटमा हुने कमजोरीहरू, जस्तै; शुक्रकिटमा बच्चा बन्नसक्ने तत्वहरूको संख्या, त्यसको मात्रा, तिनको गति, आकार आदि ।

प्राकृतिक गर्भाधान नभएका सबै दम्पतीलाई आईभीएफ चाहिन्छ ? 
नर्मल प्लानिङमा सुरुमै आईभीएफ गरिँदैन । सुरुमा महिला पुरुष, दुवैको  हर्मोन लेभल प्रोफाइल महिलाको ट्युब ठिक छ कि छैन, पाठेघरको अवस्था कस्तो छ ? सबै परीक्षण गरिन्छ ।

ट्युब ब्लक नै भएको अवस्थामा धेरैजसो आईभीएफ पद्धति अपनाइन्छ  । सबै कुरा नर्मल छ भने समय लिएर पर्खिनु पनि पर्छ । आईभीएफ गर्नुनपर्ने दम्पतीलाई ओआई (ओभुलेसन इन्डक्सन) विधि छ, जसमा महिनावारीको दुई दिनपछि बोलाउने, स्क्यान गर्ने, अण्डा बनाउने औषधि दिने काम गरिन्छ । यो विधि तीन–चार साइकलसम्म भएन भने आईयूआई (इन्ट्रायुटेरिन इन्सेमिनेसन) प्रक्रियामा लगिन्छ । आईयूआई पुरुषमा यो पुरुषमा हुने समस्यामा अपनाइने विधि हो । यसमा अण्डा निष्कासन हुने बेलामा शुक्रकिटलाई लिएर त्यसमध्येको राम्रोलाई प्रोसेस गरेर पाठेघरमा राखिन्छ । यो पद्धति तीनपटकसम्म पनि अपनाउँदा गर्भाधान नभए बल्ल आईभीएफमा जाने हो । 

आईभीएफमा कसरी दुई–तीनवटासम्म बच्चा जन्मिन्छन्  ? 
सामान्यतया महिलाको सामान्य प्रक्रियाबाट गर्भाधान हुँदा एउटा अण्डाबाट प्रजनन् हुन्छ । आईयूआईमा दुईवटा अण्डा प्रयोग गरिन्छ । यो पद्धतिमा अधिकांश एउटा बच्चा र अधिक्तम दुईवटा बस्छ ।

आईभीएफमा दुईवटा  वा तीनवटा भ्रूण राखिन्छ । किनकि सिङ्गल राख्दा त्यसको सफल हुने सम्भावना ३५ देखि ४० प्रतिशत मात्रै हुन्छ । दुईवटा राख्दा ५५ देखि ६० सम्म जान्छ, तीनवटा भ्रूण राख्दा ७० देखि ७५ प्रतिशतसम्म रहन्छ । त्यसैले दुई तीनवटा राखिन्छ, त्यसले जुम्ल्याहा वा तिम्ल्याहासम्म रहने सम्भावना हुन्छ । यसमा दम्पतीको चाहाना र आवश्यकता पनि हेरिन्छ ।  

आईभीएफका जटिलता र सरलता के–कस्ता छन् ? 
आईभीएफ एकदम सामान्य प्रक्रिया हो, यसबाट जुनसुकै उमेरमा पनि गर्भधारण गर्न मिल्छ । यसमा सामान्य इन्जेक्सनहरू प्रयोग गरिन्छ । प्रसूतिपछिको अवस्था पनि नर्मल डेलिभरीजस्तै हुन्छ । आईभीएफ प्रक्रियामा इन्जेक्सन बढी प्रयोग भएमा सुरुका केही हप्ता मा आराम बढी चाहिन्छ । तर, अन्य अवस्थामा नर्मल नै हो ।

पटकपटक गर्भपतन गराएको, धेरैपटक गर्भ खेर गएको जस्ता केसमा छुट्टै कुरा हो । यसबाहेक घातक रोग भएका अथवा जुन अवस्थामा महिला गर्भवती हुन सक्दैनन् ती महिलालाई मात्रै आभीएफ गर्न मिल्दैन ।

नेपालमा अहिले अन्तर्राष्ट्रियस्तरको आईभीएफ सेवा उपलब्ध छ । यो एकदमै सुरक्षित र सहज प्रक्रिया हो । 

हेर्नुहोस् भिडियो

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu