बाह्रखरी फोटो
काठमाडौं । 'सर्भाइभर'हरूको समर्थनमा सोमबार माइतीघरमा प्रदर्शन भएको छ ।
आजाद मोर्चाले गरेको प्रदर्शमा सहभागीहरूले ‘अदालती पितृसत्ता मुर्दावाद’, ‘बलात्कारी संरक्षक होसियार’, ‘छोरीहरूलाई बाँच्न देऊ’, ‘राज्य सत्ता मुर्दावाद’, ‘भतभती पोल्छ तब न मान्छे बोल्छ’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
बलात्कार तथा जबर्जस्तीकरणीसम्बन्धी मुद्दामा अदालतबाट भइरहेका फैसलाले अपराधीलाई प्रोत्साहन गरिरहेको उनीहरूको भनाइ छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ २३:२७
प्रतिक्रिया दिनुहोस्