काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आफ्नो एघाराैं वार्षिक साधारण सभा भएको छ ।
बालकृष्ण प्रसाईको अध्यक्षतामा भएको साधारणसभामा २०७४ आषाढ मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३÷७४ को नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँंड हिसाब, नगद प्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृत भएको छ । .
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई करीब १६Þ.८५ प्रतिशत बोनस शेयर तथा नगद लाभांश दिने भएको छ ।
यस आर्थिक वर्ष २०७३÷७४ को अन्त्यमा बैकको चुक्ता पूँजी रु ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार कायम रहेको छ । प्रस्तावित १६ प्रतिशत बोनस शेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजी रु ८ अर्ब २ करोड ९१ लाख ६० हजार कायम रहने छ ।
आर्थिक वर्ष २०७३÷७४ मा बैंकले आर्जन गरेको संचित मुनाफाबाट बैंकको हालको चुक्ता पुँजीको १६ प्रतिशत अर्थात् रु १,१०,७४,७०,३४६।( बोनस शेयर तथा सोको लागि आवश्यक करको निम्ति हालको चुक्ता पुजीँको करीब ०.८५ प्रतिशत अर्थात् रु ५,८२,८७,९१३।( नगद लाभांश एघारांै साधारण सभाले पारित गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुलाई देशभरी फैलिएका यस बैंकको ६२ वटा शाखा, ६१ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५० हजार ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ.।