site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इक्वेडरमा हत्या गरिएका व्यक्तिले जिते मेयर पदको चुनाव
Sarbottam CementSarbottam Cement

क्विटो । इक्वेडरमा हत्या गरिएका मेयर पदका उमेदवारले चुनाव जितेका छन् । मतदान सुरु हुनु केही घन्टा अघि मात्रै गोली हानेर हत्या गरिएका ४१ वर्षीय ओमार मेनेन्देजले प्युर्टो लोपेज सहरमा चुनाव जितेका हुन् ।

शनिबार चुनाव प्रचारप्रसार अभियानका कार्यकर्ताहरूसँग बसिरहेको कोठामा आएर बन्दुकधारीहरूले उनीमाथि गोली प्रहार गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अप्रत्याशित आक्रमणमा एकजना किशोरको पनि ज्यान गएको छ । प्रहरीले अझै आक्रमणको उद्देश्य पत्ता लगाउन अनुसन्धान गरिरहेको छ । मेनेन्देजकै पार्टीका एकजना सदस्यले उनको मेयर पद धारण गर्ने अनुमान गरिएको छ ।

हिंसात्मक लागुऔषध गिरोहहरूका बढ्दो अपराध लहरको समयमा एन्डियन मुलुक इक्वेडरमा नगरपालिकाको चुनाव सम्पन्न भएको हो । 

Global Ime bank

चुनावको क्रममा मारिने मेनेन्देज एक मात्र राजनीतिज्ञ होइनन् । दुई साता अघि तटीय सहर सालिनासका लागि मेयर पदका उमेदवार जुलियो सिजर फाराचियोको पनि गोली हानी हत्या गरिएको थियो ।

४५ वर्षीय फाराचियोको हत्या गर्ने व्यक्तिलाई प्रहरीले गिरफतार गरेको छ । ती हत्याराले पहिले पनि फाराचियोलाई ज्यान मार्ने धम्की दिने गरेको बुझिएको छ । 

उनी लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा कैद भुक्तान गरेर हालसालै मात्र रिहा भएका थिए । मेनेन्देजको हत्या गरेर मोटरसाइकलमा फरार भएका आक्रमणकारीहरूलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC