site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देश राजनीतिक दलले सञ्चालन गर्छन् वा अरू कसैले भन्ने प्रस्ट हुँदै छ : वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बिचौलियाको चलखेलका कारण सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले गभर्नरको विषयलाई राजनीतिकरण गरिएको बताए । समयमा नै गभर्नर नियुक्त गर्न नसक्नुले राजनीतिक दलहरूले देश सञ्चालन गर्छन् वा अरू कसैले भन्ने कुरा प्रस्ट हुँदै गएको उनले बताए । 

Argakhachi Cement Island Ad

पुनले राष्ट्र बैंकको डेपुटी गभर्नर वा मौद्रिक नीतिमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई गभर्नर बनाउने गरिँदै आएकोमा अहिले स्वार्थ समूहले रुचाएका व्यक्तिलाई गभर्नर बनाउने प्रयास भइरहेको आरोप लगाए । स्वार्थ समूहसँग कुरा नमिल्दासम्म गभर्नर नियुक्त हुने नदेखिएको उनले बताए । 

पार्टीको कार्यकर्ता वा स्वार्थ समूहको व्यक्तिलाई गभर्नर बनाए देशको अर्थतन्त्र चल्न नसक्ने उनको जिकिर छ । विज्ञता हासिल भएका व्यक्तिलाई गभर्नर बनाउन उनले सरकारलाई सचेत गराए । 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १८:००
प्रतिक्रिया दिनुहोस्