देश

सिरहा । सिरहाको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फुलबरिया खण्डमा मंगलबार टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
चुनढुंगा बोकेको टिपरको ठक्करबाट स्थानीय ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
उदयपुरबाट चुनढुंगा बोकेर तीव्र गतिमा आएको बाप्र०१–००४ क २९५३ नम्बरको टिपरले ठक्कर दिँदा महराको घटनास्थलमै मृत्यु भएको मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राज पुरीले जानकारी दिए ।
ठक्कर दिएको टिपर असन्तुलित भएर सोही स्थानबाट सडकमुनि पल्टिएको छ । टिपर चालक भने फरार भएका छन् ।रासस
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२ १८:२४
प्रतिक्रिया दिनुहोस्