site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको घरमा आगो लगाएको आरोपमा बेलायतमा एक युवा गिरफ्तार
Tiktok banner adTiktok banner ad

काठमाडौं । बेलायतको प्रहरीले प्रधानमन्त्री किएर स्टार्मरको पुरानो घरमा आगजनी गरेको आरोपमा एक युवालाई गिरफ्तार गरेको छ । लन्डनको केन्टिस टाउनमा अवस्थित स्टार्मरको पुरानो घरमा सोमबार बिहानैदेखि सन्दिग्ध अवस्थामा आगलागी भएको थियो । 

सहरको दमकल विभागका अनुसार बिहान १ बजेर केही मिनेटपछि आगलागीको सूचना पाएपछि दमकलकर्मीहरू घटनास्थलमा पुगेका थिए । ब्रिटिस प्रहरीले २१ वर्षीय एक युवालाई आगलागीको आरोपमा गिरफ्तार गरेको छ । प्रहरी अधिकारीहरूले स्टार्मरसहित तीनवटा आगलागी घटनाको अनुसन्धान सुरु गरेपछि यो गिरफ्तारी गरिएको हो । 

प्रहरीले सोमबारको घटनासँग मे ८मा उही क्षेत्रमा भएको बाहन आगलागी र मे ११मा नजिकैको एउटा घरको प्रवेशद्वारमा भएको अर्को आगलागीको सम्बन्ध छ वा छैन भन्ने पनि जाँच गरिरहेको बताएको छ ।

आगलागीका कारण सन्दिग्ध मानिएकाले लन्डन महानगर प्रहरीले आतंकवादविरोधी इकाइलाई अनुसन्धानमा संलग्न गराएको बताइएको छ । प्रहरीको भनाइअनुसार गिरफ्तार युवालाई ज्यान जोखिममा पार्ने उद्देश्यले आगलागी गरेको आरोपमा हिरासतमा राखिएको छ । 

उच्चपदस्थ सार्वजनिक व्यक्तिसँग सम्बन्धित घर भएकाले लन्डन महानगर प्रहरीको आतंकवादविरोधी कमान्डले यो केसको नेतृत्व गरिरहेको भारतीय अखबार इन्डियन एक्सप्रेसले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro