site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टाटा मोटर्सको नाफा ५१ प्रतिशत घट्यो

काठमाडौं । भारतको अग्रणी अटोमेकर टाटा मोटर्स लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले मंगलबार मार्च २०२५ मा चौथो त्रैमासमा आफ्नो कन्सोलिडेटड खुद नाफामा ५१.३४ प्रतिशत गिरावट आएको जानकारी गराएको छ ।

टाटाको खुदनाफा घटेर ८४ अर्ब ७० करोड (आठ हजार ४७० करोड)  भारुमा सीमित भएको छ । अघिल्लो वर्ष टाटा मोटर्सको खुदनाफा एक खर्ब खर्ब ७४ अर्ब सात करोड भारु थियो । एक वर्षको बीचमा टाटाको खुदनाफा ८९ अर्ब ३७ करोड भारु घटेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

बोर्डले सेयरधारकहरूको स्वीकृतिको अधीनमा रही प्रतिसेयर ६ भारु अन्तिम लाभांश सिफारिस गरेको छ ।

त्रैमासिकको लागि अर्निङ बिफोर इन्ट्रेस्ट, ट्याक्सेसन एन्ड एमोरटाइजेसन (इबिटा) वार्षिक चार प्रतिशत घटेर एक खर्ब ६७ अर्ब भारुमा झरेको छ । खुदनाफा घटे पनि एक वर्ष टाटाको आम्दानी सामान्य बढेर ११ खर्ब ९५ अर्ब भारु पुगेको छ । ज्यागुवर ल्यान्ड रोभरमा आएका कम मूल्यका साथै ब्याज लागतले कम सञ्चालन लाभले आंशिक रूपमा असर गरेको टाटाले बताएको छ ।

बाह्य प्रतिकूल परिस्थितिहरूको बाबजुद टाटा मोटर्सले सन् २०२५ मा आफ्नो बलियो प्रदर्शनलाई कायम राखेको समूह प्रमुख वित्तीय अधिकृत पीबी बालाजीले बताएका छन् ।

हालम्मकै उच्चतम आम्दानी घटेको अटोमोटिभ व्यवसाय अब ऋणमुक्त छ, जसले ब्याज लागत घटाउने उनको भनाइ छ ।  शुल्क र सम्बन्धित भूराजनीतिक कार्यहरूले सञ्चालन वातावरणलाई अनिश्चित र चुनौतीपूर्ण बनाइरहेको टाटाले जानकारी दिएको छ ।

यद्यपि, यसले विश्वव्यापी प्रिमियम लक्जरी क्षेत्र र भारतीय घरेलु बजारहरूले यो अपेक्षाकृत राम्रो हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

टाटाले एक वर्षमा ९९ हजार ६ सय कमर्शियल भेहिकल बिक्री गरेको छ । यस्तै, टाटा प्यासेन्जर भेहिकल एक लाख ४७ हजार एकाई बिक्री गरेको छ । ज्यागुवार ल्यान्ड रोभर गाडी बिक्रीबाट टाटाले सात अर्ब ७० करोड पाउन्ड आम्दानी गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्