site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रूस–युक्रेनबीचको वार्तामा ट्रम्प सहभागी हुँदैछन् ? 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेनबीच बिहीबार टर्कीमा हुने शान्ति वार्तामा सहभागी हुनसक्ने बताएका छन् । अमेरिकाले तीन वर्षे द्वन्द्व अन्त्य गर्न रूस र युक्रेनमाथि दबाब बढाउँदै गरेको बेलामा ट्रम्पले यो सम्भावना व्यक्त गरेका हुन् ।

ट्रम्प यसै हप्ता पश्चिम एसिया (खाडी क्षेत्र)को भ्रमण गर्दै छन् । मंगलवार उनी साउदी अरेबिया आइपुगेका छन् । आफ्नो दोस्रो कार्यकाल सुरु भएपछि पहिलो विदेश यात्राका क्रममा उनले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारको भ्रमण गर्दै छन् । उनले टर्की जाने विकल्पमा पनि विचार गर्नसक्ने बताउँदै भने, “यदि, मलाई यसले मद्दत गर्छ भन्ने लाग्यो भने जानसक्छु ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मलाई लाग्छ टर्कीमा बिहीबार हुने रूस–युक्रेन वार्ताबाट राम्रो नतिजा आउन सक्छ । म बिहीबार कहाँ हुनेछु थाहा छैन, धेरै बैठकहरू छन्,” सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “तर म त्यहाँ उड्ने विचार गरिरहेको छु । केही हुनसक्छ भन्ने मलाई लाग्यो भने जान्छु ।” 

यसअघि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले ट्रम्पको उपस्थितिलाई मूल्यांकन गर्ने बताएका थिए । उनले ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको प्रत्यक्ष वार्ताको आह्वानलाई समर्थन गरेको घोषणा गरेका थिए ।

जेलेन्स्कीले सम्बोधनमा भने, “राष्ट्रपति ट्रम्पले वार्तालाई पूर्णसमर्थन गर्नु महत्वपूर्ण कदम हो । म उनी टर्कीमा आउन् भन्ने म चाहन्छु ।” 

रूसी राष्ट्रपति पुटिनले टर्कीमा प्रत्यक्ष वार्ताको प्रस्ताव राखेपछि जेलेन्स्कीले आफू पनि वार्ताका लागि तयार भएको बताएका थिए । रुसले सन् २०२२ मा पूर्णरुपमा आक्रमण गरेपछि प्रत्यक्ष वार्ता हुन लागेको यो पहिलोपटक भएको बताइएको छ । सीएनएन

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्