site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन् २०१४ मा २९८ यात्री बोकेको मलेसियाली विमान खस्नुमा रुस दोषी !
Tiktok banner adTiktok banner ad

काठमाडौं । संयुक्त राष्ट्रसंघको उड्डयन परिषद्ले युक्रेनमा भएको मलेसियाली विमान 'दुर्घटना'को जिम्मेवारी रुसले लिनुपर्ने फैसला गरेको छ ।

मलेसिया एयरलाइन्सको उडान एमएच१७ सन् २०१४ जुलाई १७ मा नेदरल्यान्ड्सको एम्स्टर्डामबाट मलेसियाको राजधानी क्वालालम्पुरका लागि उडेको विमान युक्रेनमा खसेको थियो । त्यतिबेला समयमा युक्रेनको पूर्वी क्षेत्रमा रुस–समर्थित विद्रोही र युक्रेनी सेनाबीच लडाइँ भइरहेको थियो ।

विमान दुर्घटनामा चालकदलसहित २९८ यात्रीको ज्यान गएको थियो । जसमा १९६ डच नागरिक र ३८ अस्ट्रेलियन नागरिकको मृत्यु भएको थियो । नेदरल्यान्ड्स र अस्ट्रेलिया सरकारले छुट्टाछुट्टै विज्ञप्तिमार्फत यसको घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

दुवै सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) परिषद्ले आगामी हप्तामा कुन प्रकारको क्षतिपूर्ति उचित हुनेछ भन्ने विचार गर्ने बताएका छन् । 

सन् २०२२ नोभेम्बरमा नेदरल्यान्ड्सको अदालतले यस हमलामा संलग्न दुई रुसी र एक युक्रेनी व्यक्तिलाई हत्याको दोषी ठहर्‍याएको थियो । मस्कोले यस फैसलालाई खारेज गर्दै आफ्ना नागरिकलाई प्रत्यर्पण नगर्ने घोषणा गरेको थियो । क्यानाडाको मन्ट्रियलमा रहेको आईसीएओले यसबारे अहिलेसम्म टिप्पणी गरेको छैन । यो मुद्दा सन् २०२२ मा अस्ट्रेलिया र नेदरल्यान्ड्सले सुरु गरेका थिए ।

नेदरल्यान्ड्सका विदेशमन्त्री कास्पार भेल्डक्याम्पले विज्ञप्तिमा भनेका छन्, “यो फैसला उडान एमएच १७ का सबै पीडित, उनीहरूका परिवार र प्रियजनहरूका लागि सत्य र न्याय प्राप्तिमा एउटा महत्त्वपूर्ण कदम हो ।”

रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro