site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आरिफ शेखलाई पनि गरिएको थियो ‘स्पट फिक्सिङ’को प्रस्ताव
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’का लागि राष्ट्रिय टोलीका खेलाडी आरिफ शेखलाई पनि प्रस्ताव आएको खुलेको छ । तर, उनले तत्कालै त्यसबारे क्यान र सम्बन्धित पक्षलाई जानकारी गराएका थिए ।

उनलाई नितेश गुप्ताले स्पट फिक्सिङको प्रस्ताव गरेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी दिनेश आचार्यका अनुसार गुप्ता पक्राउ परिसकेका छन् ।

स्पट फिक्सिङको प्रस्ताव अस्वीकार गरेर आरिफले तत्कालै त्यसको जानकारी सम्बन्धित पक्षलाई गराएको खुलेको अनुसन्धानमा संलग्न अधिकारीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

आरिफ नेपाली राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान हुन् । उनी राष्ट्रिय टोलीका नियमित सदस्य हुन ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको उक्त लिगमा स्पट फिक्सिङमा सहभागी भएको आरोपमा यसअघि युवा अलराउन्डर महोम्मद आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ परिसकेका छन् ।

Global Ime bank

आदिलले नेपालबाट अन्तर्राष्ट्रिय खेल समेत खेलिसकेका छन् । उनले नेपालका लागि ६ एकदिवसीय अन्तर्राष्ट्रिय र आठ ट्वान्टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनलाई उदयीमान ‘फिनिसर’का रूपमा हेरिएको थियो । सीआईबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मेहबुबले बाहिर बसेर स्पट फिक्सिङको प्रस्ताव गरेका थिए । आदिलले सो प्रस्ताव स्वीकार गरेका थिए । उनले लिगको एक खेलमा बलिङ गर्ने क्रममा स्पट फिक्सिङको योजनाअनुसार ‘नो बल’ फालेका थिए ।

प्रतियोगिताकै दौरान आदिलको खातामा चार लाख रुपैयाँ ‘डिपोजिट’ भएको देखिएको छ । प्रहरीले अधिकारीहरूले सो रकम स्पट फिक्सिङकै हुन सक्ने अनुमान गरेका छन् । रकमको स्रोतको खोजीमा सीआईबी सक्रिय छ ।

यसबाहेक आदिलको ‘कनेक्सन’ जतिन अलुवालियासँग देखिएको थियो ।  जतिन क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक हुन् । उनी प्रतियोगिता चलिरहेकै बेला भारत भागेका थिए ।

गृह मन्त्रालयले ‘फिक्सिङ’ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए । त्यसपछि सीआईबी, राष्ट्रिय खेलकुद परिषद् (राखेप), विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीलगायत निकायले अनुसन्धान सुरु गरेका थिए ।

सीआईबीका अधिकारीहरूका अनुसार बढीमा ६ लाख रुपैयाँसम्मको प्रस्तावमा स्पट फिक्सिङ भएको देखिएको छ । गएको पुस ९ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ मा भएको थियो ।

सीआईबीका एसएसपी आचार्यका अनुसार एक साताभित्र प्रहरीले अनुसन्धान सकेर मुद्दा बुझाउने तयारी गरेको छ ।

उनले भने, “को–को प्रतिवादी बन्छन् भन्ने कुरा दुई/तीन दिनको अनुसन्धानबाट थप खुल्छ होला । अनुसन्धानमा हामी प्राविधिक पक्ष पनि हेरिरहेका छौँ । कतिजना प्रतिवादी बन्छन्, अहिल्यै भन्न सकिन्न । तर, थप नेपाली खेलाडी फिक्सिङमा जोडिएको पाएका छैनौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement