site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेस सरकार : दलितको सहभागिता शून्य, महिला न्यून
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । मधेस प्रदेशमा दोस्रोपटक मन्त्रिपरिषद् बिस्तार भएको छ । शुक्रबार ६ मन्त्री र तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । १० वटा मन्त्रालयमध्ये नौवटाको बाँडफाँट भइसकेको छ । तीन राज्यमन्त्रीको जिम्मेवारी पनि तय भइसकेको छ ।  

तर, मन्त्रिपरिषद्मा दलितको सहभागिता शून्य देखिएको छ भने महिलाको न्यून सहभागिता छ । मधेस प्रदेशमा १८ प्रतिशत जनसंख्या रहेको दलितबाट यसअघिको सरकारमा पनि सहभागी गराइएको थिएनन् । यसअघि, केही समय तत्कालीन राजपाबाट सुरेश मण्डललाई उद्योग पर्यटन तथा वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो ।

प्रदेशमा १२ प्रतिशत जनसंख्या रहेको मुस्लिम समुदायबाट भने यसपटक एक मन्त्री र एक राज्यमन्त्री मात्रै बनाइएको छ । नेकपा (एमाले)बाट महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जैद आलम र जनता समाजवादी पार्टी (जसपा)बाट सामाजिक विकास राज्यमन्त्री शेख अबदुल कलाम अजादलाई बनाइएको छ । 

Agni Group
NIC Asia

प्रदेशसभामा ३९ जना महिला सांसद भए पनि एक महिलालाई मात्रै मन्त्री बनाइएको छ । जसपाबाट सामाजिक विकासमन्त्री सुरिता साह बनेकी छन् । उनलाई लोसपाले टिकट नदिँदा स्वतन्त्र जितेर जसपा प्रवेश गरेकी थिइन् । अहिले मन्त्री बनेकी छन् । यसअघिको सरकारमा मन्त्रिपरिषद्मा महिलालाई सहभागी गराइएको थिएन । राज्यमन्त्री भने बनाइएको थियो । 

माओवादी पुरानै अडानमा

Global Ime bank

मधेस सरकारमा १० वटा मन्त्रालय छन् । जसमध्ये नौ मन्त्रालयको जिम्मेवारी सत्तासाझेदार दलहरुले बाँडफाँट गरिसकेका छन् । अब मुख्यमन्त्री मातहतमा उद्योग पर्यटन तथा वन मन्त्रालय मात्रै बाँकी छ । केन्द्रीय सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागिता जनाएको छैन । माओवादीले दुई मन्त्रालय माग गर्दा सत्तासाझेदार दलबीच सहमति हुन सकेको छैन । 

सत्तासाझेदार दलहरुले माओवादीलाई एक मन्त्री र एक राज्यमन्त्री दिन तयार भए पनि माओवादी दुईवटा मन्त्रालयमा दाबी गरिरहेको छ । माओवादीभित्र पनि मन्त्री बन्ने विवाद रहेको कारण सरकारमा सहभागी नभएको बुझिएको छ ।

कुन दलबाट को बने मन्त्री ?

एमालेबाट तीन मन्त्री र एक राज्य मन्त्रीले शपथ लिए । गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानुनमन्त्रीमा राजकुमार लेखी, महिला बालिकालिकामन्त्री मोहम्मद जयद आलम र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव रायले शपथ लिएका हुन् । यसअघि, एमालेबाट सरोज यादवले भौतिक पूर्वाधार तथा विकासमन्त्रीको जिम्मेवारी पाइसकेका छन् ।

जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण गरे । सामाजिक विकासमन्त्रीमा सुरिता साह, खानेपानी तथा ऊर्जा विकासमन्त्रीमा सिंगासन सा कलवार र सामाजिक विकास राज्यमन्त्रीमा शेख अबदुल कलाम मन्त्री बनेका छन् । यसअघि, जसपाका सञ्जय यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । 

जनमत पार्टीबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए । संसदीय दलको नेतासमेत रहेका महेशप्रसाद यादवले शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री र भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री पदमा सञ्जय यादवले शपथ लिए । जनमत पार्टीबाट यसअघि भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्रीको जिम्मेवारीमा इन्जिनियर बसन्त कुशवाहा छन् । 

शपथग्रहण गरेका मन्त्रीहरुको नाम मुख्यमन्त्री यादवले प्रदेश प्रमुखसमक्ष मन्त्री पदमा नियुक्त गर्न जिम्मेवारीसहित सिफारिस गरेका थिए । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । मुख्यमन्त्री यादवसँग तीन मन्त्रीले गत पुस २९ गते शपथ लिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu