site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
SkywellSkywell

पोखरा । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको निलम्बन फुकुवा भएको छ ।

पोखरामा मंगलबार भएको केन्द्रीय कार्यसमिति बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको क्यानका बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

सन्दीपविरुद्ध बलात्कारको आरोपमा जाहेरी परेपछि उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो । तर, उच्च अदालतको आदेशले धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

यता, मंगलबार नै उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ । सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गरेर थुनामै मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगेको हो ।

Royal Enfield Island Ad

एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

उनी ०७८ मंसिर २९ गते बसे राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  २१:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro