प्रविधि

काठमाडौँ । रियलमीले आफ्नो आउँदो फ्लागसिप स्मार्टफोनमा २४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ ।
योसँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको कम्पनीले दाबी गरेको छ ।
कटिङ एज चार्जिङ सोलुसनयुक्त यो नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्ने कम्पनीले उल्लेख गरेको छ ।
९८.७ प्रतिशतको अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको र यस २४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
रियलमीले १२ एम्पियरको चार्जिङ केबल पनि ल्याउन लागेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ १५:१९
प्रतिक्रिया दिनुहोस्