site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
'व्यापार नहुँदा' आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए, तर बचाउनेको अवस्था बन्यो गम्भीर
Sarbottam CementSarbottam Cement

पोखरा । कास्कीको मादी गाउँपालिका–६ तप्राङका कृष्ण क्षेत्री पोखरा–१३ काहुँखोला नजिकै स्टेसनरी पसल चलाउँथे । ‘तप्राङ स्टेशनरी’ चलाउन थालेको एक दशकभन्दा बढी भइसकेको छ । श्रीमती शिक्षिका हुन् । उनी दुई छोरी र एक छोराका बुवा हुन् ।

उनै क्षेत्रीले आइतबार एकाबिहानै आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए । तर, शरीरमा त्यति क्षति भएको छैन । उनी राम्रैसँग बोल्न सक्छन् । तर, उनको शरीरमा लागेको आगो निभाउन गएकी संगीता सापकोटाको भने स्थिति गम्भीर छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार सापकोटाको शरीर ९० प्रतिशतभन्दा बढी जलेको छ ।

क्षेत्रीको जन्मघर तप्राङ भएपनि उनी परिवारको साथमा सापकोटाको घरमा बहालमा बस्दै आएका थिए । लामो समयदेखि सोही घरमा बस्दै आएका क्षेत्री र सापकोटा परिवारको सम्बन्ध राम्रो थियो । उनीहरूबीच आत्मीयता थियो । तर, बिहान क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएपछि घरबेटी सापकोटा उनलाई जोगाउन भन्दै गएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको पनि शरीरमा पेट्रोलका छिर्काहरू परे । शिरदेखि पाउसम्म लगाएका उनका कपडालाई पेट्रोलको गन्ध पाउनासाथ आगोको लप्काले भेटिहाल्यो । गुहार माग्दै गरेकी सापकोटाको शरीरको आगो नियन्त्रणमा लिएर स्थानीयले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेका छन्, जहाँ उनको स्थिति गम्भीर छ, उपचार चलिरहेको छ ।

जागिरे श्रीमती, आफू पनि व्यवसाय सञ्चालन गर्दागर्दै कृष्ण किन आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउन पुगे त ?
अस्पतालमा उपचाररत कृष्णलाई उद्दृत गर्दै एक प्रहरीले भने, “साथीकोबाट शनिबार एक लिटर पेट्रोल लिएर आउनुभएको रहेछ । पुस्तक पसल चलाउनुभएको, तर पछिल्लो समय व्यापार नहुँदा तनाव र व्यवहार डुब्दै गएपछि आत्मदाहको निर्णयमा पुग्नुभएको रहेछ ।”

Global Ime bank

प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

अस्पताल प्रांगणमा भेटिएका उनका दाइले भने भाइको कुनै व्यवहारबारे आफूलाई जानकारी नभएको बताए । शरीरमा आगो लगाएपछि उनलाई जोगाउन गएका सोही ठाउँका अन्य व्यक्तिले पनि व्यवहारिक समस्याबारे आफू जानकार नरहेको बताएका छन् । 

पोखरा–१३ मा नै रामचन्द्र सापकोटाको पनि व्यवसाय छ । कृष्णसँग उनको पहिल्यैदेखिको चिनजान छ । आइतबार बिहान पनि उनी सदाझैँ बिहान पौने ६ बजे नै पसल खोल्न गएका थिए ।

घटनाबारे उनी भन्छन्–

मैले यो पसल पौने ६ बजे खोलेको थिएँ । सामान मिलाउँदा र सफाइ गर्दा सवा ६ बजेको थियो । ठूलो स्वरमा महिला चिच्याएको आवाज आयो । त्यो आवाज म भन्दा पारीको घरमा थियो । आगो रन्किएको र ज्वाला देखेँ । चेनल गेट लगाइएको थियो । जाली बन्द रहेछ । महिलाले गुहार भनेपछि म गएँ । उभिएको शरीरमा आगो लागिरहेको थियो । लात्ताले हानेर ढोका खोली भित्र गयौँ । त्यहाँ आगो निभाउने केही पाएनौँ । म भान्सामा छिरेँ, त्यहाँ भएका चारपाँच बोतलमा पानी रहेछ, लगेर छम्कियौँ । शरीर भुइँमा ढलिसकेको थियो । आगो निभाइसकेपछि म ट्याक्सी खोज्न निस्केँ । नजिकै थिएनन्, माथि चोकमा गएर ट्याक्सी लिएर आएँ । भित्र दुईजना हुनुहुँदो रहेछ । दुवैजना बाहिर हिँडेर आउनुभयो । हामीले अस्पताल लग्यौँ । झ्याल ढोकाको खाप जलेका छन् ।

पारिवारिक कुरा केही होला, बाहिर अन्य व्यवहार भएको हामीलाई थाहा छैन । तप्राङ स्टेसनरी चलाउनुहुन्थ्यो । लामो समयदेखि । उहाँको परिवार राम्रो छ । श्रीमतीको पनि जागिर छ ।

अर्का व्यवसायी बुद्धिबहादुर सापकोटा पनि रामचन्द्रसँगै उनीहरूको उद्धार गर्न गएका थिए ।

उनी भन्छन्– 

भर्खर सटर खोलेर बढार्छु भनेर लागेको थिएँ । आवाज आयो । म त्यतै लागेँ । शरीरमा आगो दन्किरहेको थियो । हामी (रामचन्द्रसहित) भित्र पुग्दानपुग्दै संगीताको शरीर ढल्यो । मैले कपडा ल्याएर छोपेँ । हामीले पानी हाल्यौँ र आगो नियन्त्रणमा लियौँ । दाइ ट्याक्सी खोज्न जानुभयो । भित्र बाथरुममा अर्को दाई (कृष्ण) पनि हुनुहुँदो रहेछ । उहाँको हात खुट्टा र अनुहार जलेको देखेका थियौँ । पानी, पानी भन्दै हुनुहुन्थ्यो । शरीरमा कपडा थिएन । मैले पछ्यौरा बेर्न लगाएर अस्पताल पठाएको हुँ । आगो कसरी लाग्यो हामीलाई थाहा भएन ।

बिहान ६ बजेको उक्त घटनापछि अहिले उनीहरूका आफन्तहरू सबै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसर बाहिर छन् । प्रहरीले पनि घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सुवास तिमिल्सिनाले साप्कोटाको अवस्था गम्भीर भएको बताए । उनका अनुसार क्षेत्रीले आफूले आत्महत्या गर्दा संगीता बचाउन आएको बयान दिएका थिए ।

“पुरुषले म डिप्रेसनमा थिएँ । उहाँ (संगीता)ले मलाई बचाउन आउँदा उल्टै जल्नुभएको हो भनेका छन्,” कृष्णको भनाइ उद्धृत गर्दै उनले भने, “हामीले अहिलेसम्म आत्मदाह प्रयास नै बुझेका छौँ । तर अनुसन्धान भने हुनेछ ।”

उनले घटनाको बारेमा विभिन्न दृष्टिकोणबाट अनुसन्धान हुने बताए । “विभिन्न कोणबाट अनुसन्धान गर्छौं । उनीहरूको पारिवारिक सम्बन्ध, घटनास्थललगायत विविध कुराहरू छन् । अनुसन्धान भन्दा पहिलो प्राथमिकता भनेको दुवैको ज्यान जोगाउनु हो । घाइतेहरूको उपचारलाई प्राथमिकता दिनुपर्छ बाँकी अनुसन्धानका पाटाहरू हुन्छन,” उनले भने ।

संगीताका श्रीमानले भने घटना हुँदा आफू मर्निङवाक गएको बताएका छन् । आफू बाहिर निस्केको १० मिनेटमा नै घटना घटेको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC