site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीको योजना आयोगमा दोहोरिए डा. गिरधारी, अधिकारी र खत्री सदस्यमा नियुक्त

पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरीधारी पौडेल नियुक्त भएका छन् । उनी योजना आयोगको उपाध्यक्षमा दोहोरिएका हुन् ।

यसअगाडि २०७५ साउन ६ गते उनलाई तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले गण्डकीको नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो । उनी गुरुङको सरकार रहँदासम्म उपाध्यक्ष रहे ।

उनै पौडेललाई आइतबारको मन्त्रिपरिषद् बैठकले पुनः उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहहाले जानकारी दिए ।

स्याङ्जा वाङसिङका ६३ वर्षीय पौडेल योजना र विकास क्षेत्रका विज्ञ हुन् । पौडेलले यूएनडीपीमा पाँच वर्ष काम गरे । उनी एनडीपीका तर्फबाट राष्ट्रिय योजना आयोगमा खटिएका थिए । उनी राष्ट्रिय योजना अनुगमन तथा मूल्यांकन, क्षमता सुदृढीकरण आयोजनाका राष्ट्रिय प्रबन्धकसमेत थिए ।

पौडेलले बैंककबाट एमएस्सी र पीएचडी गरेका छन् । उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट डेभलपमेन्ट प्लानिङ अध्ययन गरेका छन् ।

यस्तै, आयोगको सदस्यमा डा. सुभास अधिकारी र डा. शान्ता खत्री नियुक्त भएका छन् । तनहुँको म्याग्देका अधिकारी माओवादी कोटाबाट सदस्य बनेका हुन् । उनी यसअघि जनप्रिय बहुमुखी क्याम्पसमा अध्यापन गराउँथे । उनी जलस्रोत र जलसम्पदा क्षेत्रका विज्ञ मानिन्छन् । 

अर्का सदस्य डा. खत्री कास्कीकै हुन् । एमालेले पठाएकी खत्री मादी गाउँपालिका–१२ की हुन् । अहिले उनी पोखरा–२८ मा बस्छिन् । उनी पृथ्वीनारायण क्याम्पसमा समाजशास्त्र तथा मानवशास्त्रकी उपप्राध्यापक हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro