site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सबैलाई बाँध्न बनाएको संविधानले कसैलाई बाँधेन : पूर्वसभामुख ढुंगाना
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्वयन भए/नभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या रहेको उनले उल्लेख गरे । संविधानको पूर्ण कार्यान्वयनका लागि कार्यान्ववन भए/नभएको हेर्ने छुट्टै निकाय बनाउन आवश्यक रहेको उनले औँल्याए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको बताए । “संविधान युगौँयुगको लागि बनाइने हो । तर, हामीलाई तत्कालको बेलामा एउटा सदस्यलाई मन्त्री बन्नबाट रोक्नको लागि बनाएका छौँ । संविधानमा दूरदृष्टि हुनुपर्छ, त्यो हाम्रोमा भइरहेको छैन । हामीले तत्कालिक कुरालाई रोक्नका लागि संविधान बनाएका छौँ,” उनले भने, “सबैलाई बाँध्नका लागि संविधान बनाउँदा कसैलाई पनि नबाँधिने संविधान भएको छ । अहिले संविधानले कसैलाई बाँधेको छैन । संविधानको कार्यान्वयन हेर्न एउटा उच्च निकाय बनाउन आवश्यक छ ।”

पूर्वसभामुख ढुंगानाले सबैलाई बाँध्नका लागि बनाइएको संविधान कसैलाई पनि नबाँध्ने किसिमको भएको उल्लेख गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement