site stats
बाह्रखरी फोटो
राष्ट्रपतिले गरिन् वसन्त श्रवण (तस्बिरहरू)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गरेकी छन् । 

राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै गर्दै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । 

सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरेकी छन्  राष्ट्रपति भण्डारीले पनि वसन्त श्रवणको अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेकी छन् । वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको उपस्थिति रहेको थियो । 
तस्बिरहरू : हरिशजंग क्षेत्री

Agani Group

Shreepanchami_131674713864.jpg

Shreepanchami_181674713871.jpg

Global bank

Shreepanchami_191674713874.jpg

Shreepanchami_71674713857.jpg

 

Shreepanchami_51674713857.jpg

Shreepanchami_201674713876.jpg

Shreepanchami_171674713871.jpg

Shreepanchami_31674713854.jpg

Shreepanchami_91674713861.jpg

Shreepanchami_141674713867.jpg

Shreepanchami_121674713864.jpg

Shreepanchami_111674713861.jpg

Shreepanchami_11674713854.jpg

Shreepanchami_161674713868.jpg

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय