site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आचार्यको आत्मदाह राज्य संयन्त्र र सिस्टमको असफलता हो : गगन थापा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले इलामका प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहबारे प्रतिक्रिया जनाएका छन् ।

बुधबार साँझ फेसबुकबाट थापाले राज्य संयन्त्र र समग्र प्रणालीको असफलताका कारण आचार्यले आत्मदाह गरेको टिप्पणी गरेका छन् । 

उनले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन अहिलेको प्रणालीलाई पूरै मर्मत गर्ने अठोटको आवश्यकता रहेको पनि बताएका छन् । 

उनले भनेका छन्, "घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ । उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन पटक–पटक घोचिरहेको छ । यसो सोच्छु–उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुँदैनथ्यो कि ! फेरि सोच्छु– यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिस्टमको असफलता हो । म, हामी सिस्टम चलाउनेको असफलता हो । कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिस्टम ठिक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ । अब आरोप–प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला !"

Global Ime bank

मंगलबार दिउँसो बानेश्वरको संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu