site stats
राजनीति
खानेपानी मन्त्री अब्दुल खानले गरे पदभार ग्रहण

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले जिम्मेवारी पाएको एक सातापछि पदभार ग्रहण गरेका छन् ।  

मन्त्री खानले बुधबार दिउँसो मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री खानले सबैको सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने बताए ।

NMB Bank
Dabur nepal
Agani Group

उनले  स्वच्छ खानेपानीको अभावले लाखौ मानिस प्रभावित हुने भएकाले पानीको गुणस्तर परीक्षण गर्ने कामको सुरुवात गर्नुपर्ने धारणा राखेका थिए । खानेपानी सम्बन्धी समस्याहरु समाधानका लागि कार्ययोजना बनाएर काम गर्ने उनको भनाइ छ । मन्त्री खानले नीतिगतदेखि राजनीतिक अवरोधहरुको रिपोर्टिङ गर्न निर्देशन दिँदै आफ्नो कामलाई इमान्दारीपूर्वक गर्न पनि निर्देशन दिए । 

पुस ११ गते जनमत पार्टीबाट विनाविभागीय मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड‘ले माघ ३ गते  खानेपानी मन्त्रीमा नियुक्त गरेका थिए, तर पूर्वसहमतिअनुसार आपूर्ती मन्त्रालय नपाएको भन्दै उनले खानेपानीमन्त्रीका रुपमा पदभार गर्न मानेका थिएनन् ।  
 

Global bank

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय