site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारमा नहुनेको ध्यान ढाल्नेतर्फ : ओली
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाली कांग्रेसप्रति संकेत गर्दै उनले सरकारमा नहुनेको ध्यान यसलाई ढाल्नेतर्फ गइरहेको जिकिर गरे ।

बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले सरकार ढाल्ने र टिकाउने खेलभन्दा माथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक एक्सरसाइज’ गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरे । मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरूले कोसिस गरिरहेको उनको भनाइ छ ।

“अब सरकारको पनि ध्यान कता जाओस्, कता नजाओस् । सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ । सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ । देशतिर कसले ध्यान दिने ? यो खालको अवस्थाबाटचाहिँ हामीहरू अलिमाथि उठेर साँच्चैको एउटा डेमोक्रेटिक एक्सरसाइज गर्ने र स्वस्थ तरिकाले चल्ने हो भने समाजलाई मद्दत पुर्‍याउन सकिन्छ,” उनले भने, “त्यस काममा यहाँहरूको भन्दा जिम्मेवारी बढी हाम्रो छ । त्यसकारण हामी त्यसलाई सच्याउने कोसिसमा छौँ । हामी त्यसलाई ठिक बाटोमा लैजाने कासिसमा छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC