site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा अब सातवटा मात्र मन्त्रालय !
फाइल तस्बिर ।
SkywellSkywell

पोखरा । गण्डकीमा सरकारले मन्त्रालयको संख्या कटौती गरेर सातवटा झार्ने भएको छ । 

मुख्यमन्त्री खगराज अधिकारीसहित बिनाविभागीय मन्त्री माओवादीका हरिबहादुर चुमान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पञ्चराम गुरुङ र सरकारका प्रवक्ता सीताकुमारी सुन्दाससहितको आइतबार साँझ बसेको बैठकले मन्त्रालयको संख्या सातमा झार्ने सहमति गरेको हो ।

यसअघि गण्डकीमा पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रालयको संख्या १२ पुर्‍याएका थिए । वर्तमान सरकारले भने गण्डकीमा सरकार स्थापनाताकाका सात मन्त्रालय मात्रै बनाउने भएको हो ।

KFC Island Ad
NIC Asia

“एकदमै न्यूनतम, सातवटामा नै टुंग्याउने कुरा भयो । अरू दल पनि सहमत नै हुनुहुन्छ,” प्रवक्ता सुन्दासले भनिन ।

मन्त्रालयको संख्या घटिसकेपछि मन्त्रिपरिषद् विस्तारले पनि तीव्रता पाउने उनले जानकारी दिइन् । “भोलि बिहान पनि बस्छौँ । सम्भवतः भोलि नै टुंगिन पनि सक्छ,” उनले भनिन् ।

Royal Enfield Island Ad

मन्त्रालयको संख्या घटाउने प्रक्रियामा सरकारमा सहभागी तीनवटै दल सहभागी भएपनि कुन मन्त्रालय कसले लिने भन्नेबारे छलफल भएको छैन । 

बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले सकेसम्म भोलि नै टुंगो लगाइने जानकारी दिए । “होमवर्क गरिरहेका छौँ, मन्त्रालय चाहिँ सातवटै हुन्छन,” उनले भने । तर, मन्त्रालयको कार्यक्षेत्र भने हेरफेर हुनसक्ने उनको भनाइ छ । 

“सुरुमा नै रहेका मन्त्रालय यथावत गर्ने कि मन्त्रालयको कार्यक्षेत्र अलि मिलाउने कि भन्ने छलफलमा नै छौँ,” चुमानले भने ।

गण्डकी सरकार स्थापना हुँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई वाणिज्य, आपूर्तिलगायतका कार्यक्षेत्र पनि दिइएको थियो । उक्त मन्त्रालय चलाउने कर्मचारीहरू भने फरक क्षेत्रका हुँदा समस्या भएको भनेर मन्त्रीहरूले त्यतिबेलै पनि गुनासो गर्ने गरेका थिए । अरू मन्त्रालयको समस्या पनि उस्तै नै थियो । सोही समस्या नआओस् भनेर मन्त्रालयको कार्यक्षेत्र मिलाउन कोसिस गरिएको चुमानले बताए । 

“हामी कुन दले कुन मन्त्रालय लिन भन्ने विषयमा प्रवेश नै गरेका छैनौँ । भोलि बिहान बस्ने भनेका छौँ । कति समय लाग्ने हो, सकेसम्म भोलि नै टुंग्याउन पाए हुन्थ्यो भन्ने लागेको छ, मुख्यमन्त्री पनि आत्तिनुभएको छ,” उनले भने ।

अर्का बिनाविभागीय मन्त्री पञ्चराम गुरुङले पनि मन्त्रालयको भागबन्डाबारे सोमबार बिहानमात्रै छलफल हुने जानकारी दिए । भागबन्डा टुंगिए सोमबार नै नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने उनले जानकारी दिए ।

गण्डकीमा गत पुस २५ गते नै चार सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ । मुख्यमन्त्री खगराज अधिकारीसँगै चुमान, गुरुङ र सुन्दास मन्त्री बनिसकेका छन् । मन्त्रालयको संख्या सात बनाउने भएपछि अब तीनवटा मन्त्री मात्र थपिनेछन् । गठबन्धनका दलमध्ये एमालेका २२, माओवादीका सात (सभामुख बाहेक) र राप्रपाका दुई सांसद छन् ।

तीमध्ये एमालेबाट दुईजना र माओवादी तथा राप्रपाबाट एक/एकजना मन्त्री बनेका छन् । अब मन्त्रिपरिषद् विस्तार हुँदा एमाले र माओवादीबाट नै मन्त्रीहरू थपिनेछन् । गण्डकीमा एमाले र माओवादीले समान मन्त्रालयको दाबी गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  २०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro