site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ऋण लिनुहोस्’ भन्दै ठूला व्यवसायीलाई बैंकबाट फोन,११ प्रतिशत ब्याजदर ‘अफर’ 

काठमाडौं । एकवर्षदेखि जारी रहेको तरलता अभाव हट्ने देखिएको छ । माघ लागेसँगै वाणिज्य बैंकहरूका कर्मचारीले व्यवसायीलाई फोन गरेर ऋण लिन अनुरोध गरेका छन् । 

“११ प्रतिशत ब्याजदरमा ऋण लिनुहोस् भन्दै बैंकबाट फोन आउन थालेको छ,” एक व्यवसायीले भने, “एक महिना अगाडिसम्म ऋण दिने पैसा छैन भनेका बैंकहरूले अहिले सस्तो ब्याजदरमा नै ऋण दिने प्रस्ताव गरेका छन् ।”

अहिले बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.६४ प्रतिशत छ ।  बैंकले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म पु¥याउन सक्ने व्यवस्था छ । 

बैंकहरूले माघदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले घटाएका छन् ।  कर्जाको ब्याजदर भने घट्नको लागि अझै केही समय लाग्ने छ । कर्जाको न्यूनतम आधार दर(बेसरेट) चैतदेखि घट्ने छ । 

साउनदेखि अहिलेसम्म वाणिज्य बैंकहरूमा एक खर्ब ७० अर्ब रूपैयाँले निक्षेप बढेको छ ।  असार मसान्तमा वाणिज्य बैंकमा ४५ खर्ब ४५ अर्ब रूपैयाँ निक्षेप रहेको थियो । माघ ३ सम्म वाणिज्य बैंकको निक्षेप ४७ खर्ब १५ अर्ब रूपैयाँ पुगेको छ । 

साउनदेखि अहिलेसम्म ९० अर्ब रूपैयाँले मात्र कर्जा प्रवाह भएको छ । 

असार मसान्तमा बैंकहरूले ४१ खर्ब ७७ अर्ब रूपैयाँ कर्जा दिएका थिए । माघ ३ सम्म वाणिज्य बैंकको कर्जाको आकार ४२ खर्ब ६७ अर्ब रूपैयाँ पुगेको छ । 

नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसी कर्जा बढाउने स्पेश भए पनि सस्तो ब्याजदरमा भने ऋण नगएको बताउँछन् । 

“चालु आर्थिक वर्षमा कर्जाको तुलनामा निक्षेप बढी बढेको हुँदा ऋण दिने स्पेश रहेको छ,” केसीले बाह्रखरीसँग भने, “११ प्रतिशतमा ऋण दिन थालेको जानकारी भने आएको छैन ।”

केसीले भनेजस्तो भने बजारमा अवस्था फरक भइसकेको छ ।  माघदेखि बैंकहरूले व्यवसायीलाई गरेको फोनको हिसाबले ११ प्रतिशत ब्याजदरमा नै ऋण लिने प्रस्ताव गरेका छन् । 

“बैंकहरूबीच कुनै योजना नै देखिएन,एक महिना अगाडिसम्म पैसा छैन दिन सकिँदैन भन्ने कुरा आएको थियो,” ती व्यवसायीले भने, “अहिले ११ प्रतिशत ब्याजदरमा ऋण लैजान पर्ने भयो भने फोन गर्ने गर्छन् ।”

११ प्रतिशत ब्याजदरमा ऋण दिएको विषय केही बैंकरबीच चर्चाको विषयसमेत भइसकेको छ । बैंकहरूले प्रिमियम परिवर्तन गर्न पाउने कर्जामा ११ प्रतिशत ब्याजदर ‘अफर’ गरेका हुन् । 

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा बैंकहरूको औसत कर्जाको ब्याजदर १२.६५ रहेको छ । 

बेसरेटमा १ प्रतिशतमात्र बढीमा ऋण दिने अफर गरेकोमा केही बैंकरहरू असन्तुष्ट छन् । सार्वजनिक रुपमा टिप्पणी नगरे पनि अनौपचारिक रुपमा भने बजार बिगार्ने नीति केही बैंकले लिएको बैंकरहरू बताउँछन् । 

“विगतदेखि नै बजार बिगार्न केही बैंकहरू लागेका छन्,” एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, “विगतमा तरलता अभाव भएको बेला छिट्टै ब्याजदर बढाउने बैंकहरू अहिले घटाएर ऋण बढाउने नीतिमा छन्, यसले बजारलाई राम्रो गर्दैन ।”

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षापछि बैंकहरूको कर्जा र निक्षेपको अन्तर(स्प्रेड)घटाउने नीति लिएको छ । 

बैंकहरूले चैतसम्ममा ४.२ प्रतिशत स्प्रेड कायम गर्नुपर्ने छ । असार मसान्तसम्म ४ प्रतिशतमा ल्याउनुपर्ने छ । अहिले औसतमा ४.४ प्रतिशत स्प्रेड कायम गर्दा हुने अवस्था छ । 

बैंकहरूले बेसरेटमा १ प्रतिशत बिन्दुले मात्र प्रिमियम थपेर कर्जा दिन खोज्नुको कारण औसतमा चैतमा ४.२ प्रतिशत स्प्रेड कायम गराउनु पनि एउटा कारण हो । 

“कर्पोरेट ग्राहकको लागि स्प्रेड बढी भएका बैंकले अहिले सस्तो ब्याजदरमा ऋण दिएका छन्,” एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, “यसले स्प्रेडदर बढी भएका बैंकलाई ४.२ प्रतिशत औसतमा स्प्रेडदर कायम गर्न सजिलो हुन्छ ।”

बैंकहरूले अहिले एकवर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिएका छन् । बचतमा ८.०३ प्रतिशतसम्म ब्याजदर दिएका छन् । माघदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर घटेको हो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro