site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
२५ वर्षपछि पोखरा फर्कियो महासंघ नेतृत्त्व, १२ वर्षदेखिको प्रयासमा सफलता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको यो पटकको निर्वाचनमा पहिलोपटक त्रिपक्षीय प्रतिस्पर्धा भयो । 

त्रिपक्षीय प्रतिस्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ तथा रामचन्द्र संघई प्रतिस्पर्धामा थिए ।  त्रिपक्षीय प्रतिस्पर्धाले गर्दा पहिलो चरणमा निर्वाचनको नतिजा आएन । 

अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ दोस्रो चरणको प्रतिस्पर्धामा पुगे ।  अञ्जन र उमेशबीच पहिलो चरणमा मतभारको हिसाबले करिब ८ प्रतिशतको अन्तर थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

करिब ३८ प्रतिशत मत पहिलो चरणमा ल्याएका अञ्जनलाई जितको लागि दोस्रो चरणमा पहिलो चरणमा ल्याएको मत जोगाएर ८ प्रतिशत थप्दा हुने थियो । 

जिल्लामा बलियो भएको अनुमान गरिएका उमेश त्यहाँ निकै कमजोर भए ।  जिल्लामा अञ्जनले बढी मत ल्याए दोस्रो संघई र तेस्रो उमेशलाल भएका थिए । 

Global Ime bank

एसोसिएटमा उमेश कमजोर नै थिए । नतिजा सोहीअनुसार आएको थियो । वस्तुगतको मतगणना नहुदा अञ्जन पहिलो र संघई दोस्रो थिए । 

तर संघईले वस्तुगतमा मत ल्याउन नसकेपछि न्यून मतले उमेश दोस्रो चरणमा पुगेका थिए ।  बिहीबार विहान वरिष्ठ उपाध्यक्षको नतिजा पुनः निर्वाचन गर्नुपर्ने गरेर आएको थियो । 

निर्वाचन समितिले २ बजेदेखि निर्वाचन गर्ने सूचना जारी गरेको थियो ।  तर नतिजाले दोस्रो चरणमा जानुपर्ने देखिएपछि सहमति गर्न पूर्वअध्यक्षहरु लागेका थिए । 

उमेशलाल श्रेष्ठलाई पनि सहमति गर्नु बाध्यता थियो ।  मतभारमा एसोसियटमा कमजोर देखिएको र बलियो भएको जिल्लामा नै अञ्जन अगाडि भएको हुँदा नतिजा अञ्जनको पक्षमा जाने थियो । 

पूर्वअध्यक्ष कुशकुमार जोशीसँगै निर्वाचन नतिजापछि सहमतिको पक्षमा लागेका थिए ।  उनी अञ्जनको पक्षमा खुलेर भोट मागेका थिए । यस्तै अध्यक्ष चन्द्र ढकाल र निवर्तमान हुन लागेका शेखर गोल्छाले समेत पहल गरेका थिए । 

सहमति गर्दा कार्यकाल बाँड्नुपर्ने प्रस्ताव थियो ।  तर विधान त्यसमा बाधक भयो । अन्तिममा उमेशलाई विशिष्ट सदस्य बनाउने सहमति जुटेपछि उमेश अञ्जनलाई छाड्न तयार भए । 

निर्वाचन समितिमा प्रतिस्पर्धामा नभएको र अञ्जनलाई समर्थन रहेको पत्र थिए । 

निर्वाचन समितिले नतिजा सार्वजनिक गर्ने औपचारिक कार्यक्रममा उमेशलाल श्रेष्ठले महासंघमा हुने गरेको पैसाको चलखेल र महंगो चुनावलाई रोक्न सहमति गरेको बताए । 

“अञ्जनजी युवा पनि छ ४–५ करोड खर्च गर्ने थियो होला,” उमेशले सहमतिको बारेमा सुनाउँदै भने, “यही तालमा मैले पनि पैसा सक्ने थिएँ, फाइदा अरुले उठाउने थियो ।”

उमेशले जिल्ला तथा नगरका अध्यक्षले पैसा लिएर भोट गरेको घुमाएर आरोप समेत लगाए ।  खास गरेर केही जिल्ला नगरको भोट पैसामा चलखेल हुने गरेको आरोप लाग्ने गरेको छ । 

उनले १० बजेदेखि निर्वाचन सुरु भए पनि २ बजेपछि मात्र जिल्ला नगरको अध्यक्षहरु भोट आएको र निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै सुधार हुनुपर्ने बताए । 

“मलाई अब लुकाउनु छैन, साधारणसभामा भोट माग्दा ६० जनाले अंकमाल गरेर दाईको कुरा ठिक हो भने,” उमेशले सुनाए, “जम्मा २८ भोट आयो, वस्तुगतले गर्दा न्यून भोटले त दोस्रो चरणमा पुगेको हो ।”

महासंघको विधानमा ५० प्रतिशत मतभार जिल्लाको हुने गर्छ ।  ३० प्रतिशत एसोसियट तथा २० प्रतिशत वस्तुगतको हुन्छ । 

उमेशको टिमबाट बैंकको ब्याजदरको विरोधमा चर्को आन्दोलन उत्रने दिनेश श्रेष्ठ तेस्रोपटक जिल्ला नगरबाट उपाध्यक्ष पदमा उमेदवार थिए । 

तर नतिजा भने निर्वाचन अगाडि लोकप्रिय छैनन् भनेको संघई प्यानलका सुरकृष्ण वैद्यको पक्षमा गयो । 

पैसा खर्च हुने र निर्वाचनमा राजनीतिक रुपमा व्यावसायिक विभाजन जाने देखिएपछि उमेशलाल पछाडि हटेर अञ्जनलाई समर्थन गर्ने निर्णय लिए । जसले दोस्रो चरणको निर्वाचन नगरेर अञ्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । 

१२ वर्षपछि मामाको सपना पूरा 

महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित अञ्जन श्रेष्ठ विधानअनुसार अब तीनवर्षदेखि अध्यक्ष बन्छन् ।  व्यवसायी घराना लक्ष्मी ग्रुपले महासंघको अध्यक्ष बन्ने सपना भने १२ वर्ष अगाडिदेखि देखेको थियो । 

त्यो बेला अञ्जनका मामा आजाद श्रेष्ठ र सुरज वैद्यबीच प्रतिस्पर्धा भएको थियो ।  त्यो प्रतिस्पर्धामा वैद्य निर्वाचित भएर आजात पराजित भए । 

त्यही बेलादेखि महासंघको राजनीतिमा अञ्जन श्रेष्ठको प्रवेश भयो । मामाले १२ वर्ष अगाडि गर्न नसकेको सपना भान्जा अञ्जनले पूरा गरे । 

पोखरामा सानो व्यवसायबाट सुरु भएको लक्ष्मी ग्रुप आज देशको ठूलो व्यवसायिक घरानामा स्थापित भएको छ । 

पोखराबाट थालेको व्यवसायिक यात्रा डेरी उद्योग, चकलेट हुँदै ट्रेडिङ, उद्योग सेवा तथा वित्तीय क्षेत्रमा जोडिएको छ । 

जसमा ३ हजारभन्दा बढीले रोजगारी पाएका छन् । लक्ष्मी ग्रुपलाई यहाँसम्म ल्याउने काम अञ्जनका बुवा गणेशबहादुर श्रेष्ठले गरेका थिए । 

गणेशबहादुरका छोरा अञ्जन तथा उनका भाईहरु निरञ्जन र निराकार श्रेष्ठले व्यवसायलाई थप विस्तार गरेका छन् । 

निर्वाचन अगाडि अञ्जन श्रेष्ठले देशव्यापी रुपमा अर्थतन्त्रको बारेमा जिल्लाका व्यवसायीको सुझाव लिएका थिए । 

विज्ञ सहितको छलफलमा अञ्जनले चुनावी दौडाहमा वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको रुपमा काम गर्ने योजनाको बारेमा समेत जानकारी गराएका थिए । 

२५ वर्षपछि पोखरामा फर्केको महासंघको नेतृत्व 

उद्योग वाणिज्य महासंघको नेतृत्व २५ वर्षपछि पोखरामा फर्केको छ ।  वरिष्ठ उपाध्यक्षमा निर्वाचित अञ्जन श्रेष्ठको परिचय पोखरासँग नै जोडिन्छ । लक्ष्मी ग्रुपको यात्रा नै पोखराबाट सुरु भएको हो । 

२०५५ सालमा उद्योग वाणिज्य महासंघको नेतृत्व पोखराका आनन्दराज मुल्मीले लिएका थिए ।  विनोद चौधरी त्यो बेला काठमाडौं बाहिर व्यवसाय गर्ने मुल्मीलाई जिताउन लागेका थिए । 

मुल्मीपछि पोखरालाई आफ्नो व्यवसायीहरु महासंघको नेतृत्वमा पुगेका थिएनन् ।  वरिष्ठ उपाध्यक्ष पदमा अञ्जनलाई जिताउन यो पटक मुल्मी निकै लागेका थिए । 

अञ्जनका मामा आजाद श्रेष्ठ पराजित भएपछि महासंघको नेतृत्त्वमा पुग्ने पोखराका व्यवसायीको सपना पूरा भएको थियो । 

तर अञ्जनले वरिष्ठ उपाध्यक्ष जित्दै ३ वर्षपछि अध्यक्ष बन्ने बाटो देखाएको कारण पोखराले पुनः नेतृत्व पाएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC